• २०८१ बैशाख १५ शनिबार

साताको सेयर कारोबार रकम घट्यो : डेढ अर्बको कारोबार 

kharibot

काठमाडौं । यो साता सेयर कारोबार रकम गत साताको तुलनामा घटेको छ । गत साता नेप्सेमा एक सय ८९ कम्पनीहरुको दुई हजार छ सय ३६ वटा कारोबारमा ७० लाख ९१ हजार नौ सय १९ कित्ता सेयर खरिद बिक्री हुंदा  कारोबार रकम दुई अर्ब ३८ करोड ६८ लाख ५७ हजार रुपैयाँको कारोबार भएको थियो । 

यो साता भने नेप्सेमा झण्डै एक सय ६५ वटा कम्पनीहरुको २४ हजार नौ सय ८१ वटा कारोबारमा ५५ लाख २५ हजार सात सय ३२ कित्ता सेयर खरि बिक्री भएका छन् । सोही आधारमा यो साता कारोबार रकम एक अर्ब ६१ करोड १२ लाख ६९ हजार एक सय २१ रुपैयाँ पुगेको छ । कारोबार गत साताको तुलनमा झण्डै ४० प्रतिशतले कम हो ।  

यो साता नेप्सेको नियमित कारोबार कक्ष पाँच दिन ने खुल्ला रहेको थियो । सो मध्ये पहिलो र तेस्रो कारोबार दिन नेप्सेमा सामान्य गिरावट देखिए पनि साताको दोस्रो, चौँथो र पाँचौं दिन सुधार देखिएको थियो । साताको पहिलो कारोबार दिन १३ दशमलव एक अंकले घटेर १२ सय १४ दशमलव ३६ अंकमा झरेको नेप्से परिसूचक अन्तिम दिन नौ दशमलव ९५ अ्रंकले बढेर १२ सय २८ दशमलव २८ अंकमा चढेको थियो । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने नेप्से सेन्सिटिभ पनि यो साता पहिलो दिन दुई दशमलव ७१ अंकले घटेर दुई सय ५७ दशमलव ५३ अंकमा पुगेकोमा अन्तिम दिन दुई दशमलव २६ अंकले बढेर दुई सय ६१ अंकमा पुगेको थियो ।

यो साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै