• २०८१ बैशाख १४ शुक्रबार

अप्ठ्यारा ठाउँमा सन्तुलन मिलाएर उफ्रिन र कुद्न सक्ने रोबोट (भिडियोसहित) 

kharibot

अमेरिका । अमेरिकामा मानवाकृतिको एउटा यस्तो रोबोटको आविष्कार गरिएको छ, जसले उफ्रिनुपर्ने ठाउँमा उफ्रिएर दौडिन सक्छ । यसले अप्ठ्यारा ठाउँअनुसार आफ्ना खुट्टाहरु खुम्च्याएर कुद्न सक्छ । 

एटलास नामको रोबोटले यस्तो अद्भुत काम गर्न सकेको बताइएको छ । यसका खुट्टा, पाखुरा लगायतलाई चलायमान गराई कन्ट्रोल सफ्टवेयरले उक्त क्रिया गर्न सक्ने बताइएको छ । उक्त रोबोट १.५ मिटर अग्लो र ७५ किलो तौलको रहेको छ । यसले केही कुरा बोक्न र उचालेर राख्न आफ्नो पाखुरा समेत प्रयोग गर्छ । 

त्यस्तै यसले आफैँले आफूलाई सन्तुलनमा समेत राख्छ । 

  • भिडियो हेर्नुहोस् : 

एजेन्सीहरुबाट । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै