• २०८१ बैशाख १४ शुक्रबार

बडादशैंको दिन नेपाली सेनाले सर्वसाधारणका लागि बस सेवा सञ्चालन गर्ने

kharibot

फाइल तस्बीर

काठमाडौँ। नेपाली सेनाले विजया दशमीका दिन काठमाण्डौं उपत्यकाभित्र बस सेवा संचालन गर्ने भएको छ। 

विजया दशमीमा सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकोले सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको आवागमनमा सुविधा पुर्याउने पुर्याउने उद्देश्यले दशमीको दिन ८ वटा रुटहरुमा विहान ७ बजे, ११ बजे र ३ बजे भद्रकालीबाट ३० सिट क्षमताको १-१ वटा बस निःशुल्क सञ्चालन गर्न मिलाईएको नेपाली सेनाएल जनाएको छ । 

बसका रुटहरु :

(क) रुट नं.१— भद्रकाली, माईतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, किर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क । 
(ख) रुट नं.२— भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानिलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माईतीघर । 
(ग) रुट नं.३— भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी (अस्पताल), ताहाचल, टेकु, थापाथली ।
(घ) रुट नं.४— भद्रकाली, माईतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।
(ङ) रुट नं.५— भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तिनकुने, बानेश्वर, शहिदगेट । 
(च) रुट नं.६— भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली । 
(छ) रुट नं.७— भद्रकाली, माईतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माईतीघर, भद्रकाली ।
(ज) रुट नं.८— भद्रकाली, माईतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली । 

त्यसैगरी, बडादशैं २०७५ को उपलक्ष्यमा घर बिदामा जाने सकलदर्जा तथा निजहरुको आश्रित परिवारहरुको हितको लागि नेपाली सेनाले मिति २०७५ असोज २५ गतेबाट ऐ.३१ गतेसम्म काठमाण्डौंबाट दोलखा, इटहरी, धनगढी, लमजुङ्ग, रामेछाप, पोखरा, बुटवल, गोरखा, धादिङ÷त्रिशुली, चौतारा, हेटौडा, नारायणगढ र सिराहा–राजविराज जाने तथा उपत्यका भित्र आउने गरी निःशुल्क बस सेवा सञ्चालन भईरहेको छ । उक्त बसहरु सम्बन्धित स्थानबाट प्रत्येक दिनको ६:३० बजे छुट्ने र प्रति सैनिक व्यक्ति (परिवारसहित) बढीमा ५ जनाले सुविधा लिन पाउने व्यवस्था मिलाईएको नेपाली सेनाले जनाएको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै