• २०८१ बैशाख १४ शुक्रबार

चितवनमा दुर्घटनामा परी एकको मृत्यु सात घाइते

kharibot

चितवन । जिल्लामा भएका छुट्टा छुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुरको केन्द्रीय बस टर्मिनलमा गएराति दुई मोटरसाइकल एक आपसमा ठक्कँर खाँदा एक मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ना १५ प २०८२ को मोटरसाईकल चालक भरतपुर महानगरपालिका–१४ शिवनगर बस्ने ३५ वर्षीय सन्तबहादुर ताम्राकार रहेका छन् । सोही मोटरसाइकलसँग ठक्कँर खाएको ना ५० प ७५२९ नं को चालक सामान्य घाइते भएको प्रहरीले जनाएको छ । उपचारको क्रममा ताम्राकारको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । पूर्व–पश्चिम राजमार्गमा विपरीत दिशाबाट आउँदै गरेका दुई मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।

यसैगरी पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–३ फिस्लीङ्मा बस दुर्घटना हुँदा चार घाइते भएका छन् । प्रहरीका अनुसार लमजुङ्बाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख ३७०५ नं को बस राजमार्गबाट करीब ७० मिटर तल त्रिशूली नदी किनारमा खसेको छ ।

गएराति करीब १२ बजे दुर्घटना भएको हो । घाइतेमध्ये एकको अवस्था गम्भीर छ । सबैको उपचार पुरानो मेडिकल कलेजमा भइरहेको छ । त्यस्तै इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा काठमाडौँबाट मुग्लिन तर्फ आउँदै गरेको ना ५ ख २३७८ नं को ट्रक पछाडी लु ४१ प ४८०७ नं को मोटरसाइकल ठोक्किँदा दुईजना घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाइकलमा सवार गुल्मी अर्खलेका २९ वर्षीय प्रवीण खत्री र २० वर्षीया आयुशा खत्री रहेको प्रहरीले जनाएको छ । गम्भीर अवस्थामा उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटना गएराति ९:१५ बजे भएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै