• २०८१ बैशाख २३ आइतबार

आफुभन्दा १५ बर्ष कम उमेरका मोडलसँग अफयेर्समा सुष्मिता सेन 

kharibot

मुम्बई। बलिवुड अभिनेत्री सुष्मिता सेन अहिले फेरी चर्चामा रहेकी छन्। सामाजिक संजालमा समेत निकै सक्रिय रहेकी सुष्मिता अहिले एक अज्ञात युवकसँग बढी देखिन थालेपछि उनको ति युवकसँग अफ्येर्स रहेको भारतीय मिडियामा चर्चा चलेको छ। 

सन् १९९४ की मिस युनिभर्स समेत रहेकी सुष्मिताले हाल मोडल रोहमल शालसँग डेट गरिरहेको स्पोटब्वाये डटकपले उल्लेख गरेको छ। मुम्बईमा हालै भएको एक फेशन शोमा सुष्मिता आफ्ना दुई छोरीसँग रोहमललाई लिएर पुगेकी थिइन्।

४७ बर्षिय सुष्मिताले २७ बर्षिय रोहमलसँग रिलेसनसिपमा रहेको चर्चा अहिले बलिवुडमा चलेको छ। दुवैको उमेर अन्तर १५ बर्ष रहेको छ। 

सुष्मिताको यस अघि अभिनेता रणदीप हुड्डासँग तीन बर्षसम्म सम्बन्धमा रहेकी थिइन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै