त्रिपुराकोटमा दशैँको जमरा टीका लगाउने आफ्नै साइत

खरीबोट

त्रिपुराकोट, डोल्पा। डोल्पाको त्रिपुराकोटमा दशैँको टीका जमरा आफ्नै साइतमा लगाउने गरिन्छ । 

नेपालभर ज्योतिषको साइतअनुसार टीका जमरा लगाउने गरे पनि डोल्पाको त्रिपुराकोटमा भने परापूर्वकालदेखि नै आफ्नै साइतअनुसार दशँैको टीका लगाउने प्रचलन छ । 

नेपालमै प्रसिद्ध शक्तिपीठका रुपमा रहेको त्रिपुरा सुन्दरी मन्दिरमा बेलुकाको नित्यपूजापाठपछि मात्रै सबैले घर घरमा टीका जमरा लगाउन शुरु गर्ने पूजारी देवीकृष्ण उपाध्यायले बताउनुभयो । 

“नेपालभर टीकाको एउटै साइत भए पनि त्रिपुराकोटमा भने आफ्नै साइतमा लगाइन्छ, त्रिपुराकोटवासीले मन्दिरमा नित्य पूजाआजाका लागि दशमीको दिन बिहानै प्रत्येक घरबाट जमरा टीका चढाउन लैजाने गर्छन्”, पूजारी उपाध्यायले भन्नुभयो । 

“दशैँको औँशीको दिनदेखि दशमीको दिनसम्मको नवरात्र अवधिमा पूजाआजाका लागि आएका ब्राह्मण र पूजारीबीच एक अर्कामा जमरा टीका लगाएर बिदाइ गरेपछि मात्र सबैले आ–आफ्नो घरमा शुरु गर्ने प्रचलन अझै कायम छ ।” 

ज्योतिषका अनुसार आज बिहान ९ बजेर ५१ मिनेटमा देशैभर टीकाको उत्तम साइत भए पनि त्रिपुराकोटमा भने आज रातिदेखि मात्र जमरा टीका लगाउन शुरु हुने गर्छ । 

नेपालभर ज्योतिषको साइतअनुसार जमरा टीका लगाउने प्रचलन भए पनि त्रिपुराकोटमा बेलुकीमात्रै टीका जमरा लगाउने प्रचलन नेपालमै नयाँ रहेको बताइएको छ । 

सम्बन्धित समाचार

‘प्रेमगीत ३’ का लागि सबै कलाकार छानिए, दशैँपछि शुटिंग शुरु हुने

काठमाडौँ । बहुप्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’  को कास्टिङ लाइन पूरा भएको छ । दशैंपछि छायांकन सुरु भएर चैत २८ मा रिलिज हुने फिल्ममा अभिनेता प्रदीप खड्काले तेस्रो पटक ‘प्रेम’ को भूमिका

भूमिहीनलाई दशैँसम्म लालपुर्जा दिइन्छ – मन्त्री अर्याल

दमौली । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्याउली बजारका भूमिहीन परिवारलाई दशैँसम्म लालपूर्जा दिने बताएकी छन् । लालपूर्जाविहीन अवस्थामा रहेका स्थानीयवासीसँग आज भेटघाट गर्दै मन्त्री

दशैँसम्म सरकारको आलोचना समाप्त हुन्छ –प्रधानमन्त्री ओली 

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दशैँ सम्म सरकारको आलोचना समाप्त हुने बताएका छन् । जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्तीको अवसर पारेर मदन भण्डारी फाउन्डेशनले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री

चैते दशैँको नवरात्र शुरु : शक्तिपीठमा भक्तजनको भीड 

काठमाडौँ । चैत्र शुक्ल प्रतिपदाअर्थात् चैत २३ गते शनिबारदेखि चैत्र नवरात्र शुरु भएको छ । चैते दशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने दशैँ


z