• २०८१ बैशाख १४ शुक्रबार

चालू आर्थिक वर्षको पूँजीगत खर्च जम्मा सात प्रतिशत

kharibot

काठमाडौँ। सरकारले समयमै चालू आर्थिक वर्षको बजेट सार्वजनिक गरेको भए पनि पूँजीगत खर्चमा उत्साहजनक वृद्धि हुन नसकेको पाइएको छ । 

सरकारले सार्वजनिक गरेको चालू आव शुरु भए यता सोमबारसम्मको राजश्वको लक्ष्य र खर्चको विवरणअनुसार पूँजीगत खर्च लक्ष्यअनुसार बढ्न नसकेको हो । 

चालू आवको तीन महीना सकिँदा ७ दशमलब २० प्रतिशत मात्रै पूँजीगत खर्च हुन सकेको छ । चाडबाड तथा ठेक्का प्रक्रियामा समय लागेका कारण पनि खर्चमा सोचेअनुसारको प्रगति हुन नसकेको हो । 

सरकारले गत जेठ १५ गते चालू आवको बजेट प्रस्तुत गरेको थियो । खर्चको अख्तियारीसमेत समयमै दिएको थियो । तर यस अवधिमा विकास निर्माणको कामले भने सोचेअनुसार प्रगति हुन सकेको छैन । 

यस्तै सोमबारसम्म सरकारले रु दुई खर्ब ३१ अर्ब ३८ करोड बराबरको राजश्व सङ्कलन गरेको छ । सरकारले चालू आवमा रु नौ खर्ब ४५ अर्ब ५६ करोड राजश्व उठाउने लक्ष्य राखेको छ । कूल लक्ष्यको २४ दशमलव ५२ प्रतिशतले राजश्व सङ्कलन भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै