जुम्ला विमानस्थल एक महीना बन्द गरिने

खरीबोट

जुम्ला। जिल्ला सदरमुकाम खलङ्गास्थित विमानस्थलको स्तरोन्नति गरिने भएपछि एक महीनाका लागि उडान बन्द हुने भएको छ । 

विमानस्थल प्रमुख कैलाश शर्माका अनुसार अहिले पनि जहाज अवतरण हुनुभन्दा अघिपछि स्तरोन्नति भइरहेको छ । स्तरोन्नति छिटो सिध्याउन बिहीबारदेखि उडान बन्द गर्ने निर्णय गरिएको उनले बताए । यहाँ तारा, सीता, समिट र नेपाल वायुसेवा निगमको जहाजले उडान भर्ने गरेका छन् ।

विमानस्थलको धावनमार्ग र ह्याङ्गरतर्फ पहिला गरिएको कालोपत्र उप्किसकेकाले स्तरोन्नति गर्न लागिएको हो । 

दशैँतिहारमा जहाज बन्द नगर्नुपर्ने भए पनि मौसमको अनुकूलताले बन्द गर्नुपरेको प्रमुख शर्माले जानकारी दिए । चापका समयमा विमानस्थल बन्द भएकामा दुःख व्यक्त गर्दै स्थानीयवासीले छिटो काम सक्न माग गरेका छन् । 

स्तरोन्नतिका लागि चाहिने कामदार र निर्माण सामग्री आइसकेकाले स्तरोन्नतिमा ढिला नहुुने बताइएको छ । मङ्सिर–पुसमा चिसोले कालोपत्र गर्न नसकिने भएकाले कात्तिकभित्रै काम सक्ने गरी तयारी भइरहेको छ । 

सम्बन्धित समाचार

जुम्लाका विद्यार्थीलाई पुस्तक आइनपुग्दा समस्या

सिञ्जा । चन्दननाथ गुरुकुल पाठशाला जुम्लामा पाठ्यपुस्तक आइनपुग्दा विद्यार्थीलाई समस्या भएको छ ।  समयमै पाठ्यपुस्तक नहुँदा विद्यार्थीहरुले राम्रोसँग पढ्न नपाएको प्रध्यानाध्यापक विश्वराज उपाध्यायले बताउनुभयो । पाठशालाका विद्यार्थीहरुले हरेक वर्ष यस्तै समस्या

जुम्ला–डोल्पा जोड्ने पक्की पुल वर्षौँदेखि अलपत्र

सिञ्जा । जुम्लादेखि डोल्पा जोड्ने पक्की पुल वर्षौदेखि अलपत्र अवस्थामा छ । चन्दननाथ नगरपालिका–१ दानसाँघुमा विगत सात वर्षदेखि निर्माण भइरहेको पक्की पुल अलपत्र अवस्थामा छ । ६० मिटर लम्बाइ रहेको उक्त

जुम्लामा यस बर्ष समयमै पुग्यो पाठ्यपुस्तक

खलङ्गा । विगतका वर्षमा पाठ्यपुस्तकको समस्या हुँदै आएको जुम्लामा यो वर्ष समयमै पाठ्यपुस्तक आइपुगेको छ । सरकारले हिमाली जिल्लामा माघ मसान्तभित्रै जनक शिक्षा सामग्री केन्द्रको डिपो कार्यालयमा पाठ्यपुस्तक पठाएपछि जुम्लाका विद्यार्थीको

जुम्लामा प्याराग्लाइडिङ परीक्षण उडान

जुम्ला । न्यूपारा वल्र्ड प्राइभेट लिमिटेड पोखरा, कर्णाली एरोडाइनामिक रिसर्च सेन्टर जुम्ला र तातोपानी गाउँपालिकाद्वारा जुम्लामा प्याराग्लाइडिङ परीक्षण उडान शुरु गरिएको छ । सम्भाव्यता स्थानका लागि परीक्षण उडान शुरु गरिएको


z