• २०८१ बैशाख १५ शनिबार

लन्ली प्लानेटको घुम्नैपर्ने विश्वका १० उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौँ पाचौं स्थानमा 

kharibot

काठमाडौँ। विश्वको चर्चित र विश्वासिलो ट्राभल गाइड लन्ली प्लानेट डट कमले सन् २०१८–१९ का लागि घुम्नैपर्ने विश्वका १० उत्कृष्ट शहरहरुको सूची सार्वजनिक गरेको छ ।

लन्ली प्लानेटले सार्वजनिक गरेको सूचीमा नेपालको काठमाडौं पाँचौं स्थानमा परेको छ । लन्ली प्लानेटले ३ वर्षअघिको महाभूकम्पपछि पनि छिट्टै नै सामान्य स्थितिमा फर्केर पर्यटकहरुलाई आकर्षित गर्न सकेको विषयलाई बढी महत्व दिएको छ ।

वेबसाइटका अनुसार काठमाडौं मध्यकालीन वास्तुकला, मीठो खाना र रात्रीजीवन तथा समृद्धि पस्किरहेको हिमालयको दैलो हो । यो सहरका ऐतिहासिक तथा पुरातात्विक क्षेत्रहरुमा सवारीसाधन तथा उपत्यकाका सबैठाउँमा हर्न बजाउन निषेध गरिएपछि यो पहिलेभन्दा अझ शान्त भएको छ । साथै यहा आउँदो वर्ष हुन गइरहेको दक्षिण एसियाली खेलकुदलाई पनि विशेष रुपमा उल्लेख गरिएको छ ।

वेबसाइटका सम्पादकीय निर्देशक टम हलले लेखेका छन्, ‘लन्ली प्लानेटको काठमाडौं तथा नेपालसँग नै न्यानो ऐतिहासिक सान्निध्य रहँदै आएको छ । हामीले नेपालमा ३ वर्षअघि आएको विनाशकारी भूकम्पपछि तंग्रिँदै आएको समाचार तथा जानकारी लेख्न पाउँदा मलाई निकै खुशी लागेको छ ।’

यी हुन् सूचीकृत १० उत्कृष्ट शहर:

१. कोपनहेगन (डेनमार्क)
२. शेञ्जेन (चीन)
३. नोभि साद (सर्बिया)
४. मायामी (फ्लोरिडा–अमेरिका) 
५. काठमाडौं (नेपाल)
६. मेक्सिको सिटी ( मेक्सिको)
७. डकार (सेनेगल)
८. सियाटल (वाशिङटन–अमेरिका)
९. जदार (क्रोएसिया)
१० . मेक्नेस (मोरक्को)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै