• २०८१ बैशाख १४ शुक्रबार

उपत्यकामा दशैँको समयमा दुर्घटनामा परेर १४ को मृत्यु

kharibot

काठमाडौँ । काठमाडौँ उपत्यकामा दशैँको समयमा भएको सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार घटस्थापनादेखि पूर्णिमासम्म उपत्यकाका विभिन्न स्थानमा भएको दुर्घटनामा चालक तथा पैदलयात्रुको मृत्यु भएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले तीव्र गतिमा जथाभावी सवारी साधन चलाएका कारण धेरै दुर्घटना भएको जानकारी दिए । “दशैँको समयमा सडक धेरै खाली हुने र तीव्र गतिमा सवारी हाँक्ने प्रवृत्तिले धेरै दुर्घटना हुने गरेको छ,” उनले भने ।

दशैँअगाडि महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन ‘ट्राफिक र्यापिड स्कोइड’ अभियानसमेत सञ्चालनमा ल्याएको थियो । अभियानले दुर्घटना भएको ५ मिनेटभित्रै घटनास्थलमा पुगेर घटनाबारेमा अध्ययन गर्नाका साथै घाइतेलाई तत्काल अस्पतालसम्म लैजान सकिने व्यवस्था गरेको थियो । अभियानका लागि महाशाखाले ५५ वटा मोटरसाइकलमा ट्राफिक प्रहरी र जनपथ प्रहरी परिचालन गरेको थियो । हाल देशभर झण्डै ३२ लाख हाराहारीमा सवारी साधन सञ्चालनमा भएपनि काठमाडौँ उपत्यकामा मात्र आठ लाख सवारी साधन सञ्चालनमा छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै