• २०८१ बैशाख १४ शुक्रबार

लुकुम खोला साना जलविद्युत् आयोजनाले थाल्यो विद्युत उत्पादन

kharibot

रुकुम। जिल्लाकै सबैभन्दा बढी क्षमता भएको भुमे गाउँपालिका–६ सीसाघारीमा निर्माण भएको लुकुम खोला (सीसाघारी) साना जलविद्युत् आयोजनाले औपचारिक रूपमा विद्युत उत्पादन गर्न थालेको छ । 

उक्त आयोजना निर्माणमा करिव रु १० करोड सहयोग उपलब्ध गराएका हङ्कङ निवासी सरमाइकल कादुरीले विहिबार उद्घाटन गरेका छन् । तीन वटा हेलिकोप्टरमा कादुरीको परिवार र एउटा हेलिकोप्टरमा डकुमेन्ट्री बनाउने टोली आइपुगेको थियो । ठाउँ अभावका कारण हेलिकोप्टर गहुँबारीमा राखिएको थियो । एकैसाथ चार हेलिकोप्टर गाउँमा पुगेपछि हेर्नेको घुइँचो पनि बढेको थियो । 

एकसय पैतिस किलोवाट क्षमताको विद्युत् आयोजनाका लागि कादुरी एग्रिकल्चर एड एशोसिएसन ब्रिटिस गोर्खाज नेपाल संस्थामार्फत कादुरीको परिवारले रु नौ करोड ७५ लाख ६ हजार ७७९का साथै प्राविधिक सहयोग उपलब्ध गराएको थियो । रु १० करोड ३२ लाख ५६ हजार ७७९ मा निर्माण भएको उक्त आयोजनामा नगद र श्रमदान गरी स्थानीय उपभोक्ताले रु ३५ लाख बराबरको लगानी गरेका थिए । विसं २०७३ कात्तिक २ देखि निर्माण शुरु भई गत साउनमा सम्पन्न भएको सो आयोजनाबाट गाउँपालिकाका काडाँ–४, मोराबाङ–३ र महत–६ वडाका ५९० घरधुरी लाभान्वित छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै