• २०८१ बैशाख १४ शुक्रबार

नो इन्ट्रीको रिमेकमा सलमानको ठाउमा अर्जुन कपुर !

kharibot

मुम्बई। आफ्नो लभ लाइफका कारण चर्चामा रहेका अभिनेता अर्जुन कपुरले अभिनेता सलमान खानलाई रिप्लेस गर्दै फिल्म नो इन्ट्रीको सिक्वेलमा काम गर्ने भएका छन्।  अरबाज खानसँग डिभोर्स गरेकी मलाइका अरोरासँगको प्रेमका कारण हाल चर्चामा रहेका अर्जुनको हाल प्रदर्शन भइरहेको फिल्म नमस्ते इङल्याण्ड भने फ्लप भएको छ।    

२०२० मा रिलिज हुने सन् २००५ को चर्चित कमेडी फिल्म नो इन्ट्रीको रिमेकमा नो इन्ट्रीका अधिकांश कलाकार नदेखिने भएका छन्।  नो इन्ट्रीका प्रमुख अभिनेता सलमान खानको ठाउमा अभिनेता अर्जुन कपुरले अभिनय गर्ने निश्चित भएको फिल्मका निर्देशक अनिस बज्मीले जानकारी दिएका छन्।  

फिल्ममा नो इन्ट्रीका अनिल कपुर भने दोहोरिने भएका छन्। यस फिल्ममा अभिनय गरेका फ़रदिन खानको ठाउमा पनि नयाँ अभिनेता ल्याइने भएको छ भने फिल्ममा अभिनेत्रीहरु पनि नयाँ हुने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ। नो इन्ट्रीमा अभिनेत्री लारा दत्ता र विपाशा बासुले प्रमुख भूमिका निभाएका थिए। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै