• २०८१ बैशाख १४ शुक्रबार

राष्ट्रपति भण्डारी कतार प्रस्थान, उपराष्ट्रपतिलाई कार्यभारको जिम्मा 

kharibot

फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छिन् । सोमबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले विदाइ गरेका थिए । 

उनले आगामी १५ गतेसम्म कतारको भ्रमण गर्ने जनाइएको छ । यस क्रममा विभिन्न सन्धिसम्झौतामा समेत हस्ताक्षर हुनेछ ।

खासगरी कृषि, स्वास्थ्य, सुरक्षा सहयोग, सूचना र कूटनीतिक राहदानीवाहकलाई प्रवेशाज्ञामा छुट दिनेसम्बन्धी समझदारी हुने बताइएको छ । 

 

उपराष्ट्रपतिलाई कार्यभारको जिम्मा

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार नै कतार भ्रमणमा निस्किनुअघि आफ्नो अनुपस्थितिमा उपराष्ट्रपति नन्दबहादुर पुनलाई कार्यभारको जिम्मा लगाएकी छिन् ।

उनले नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपतिलाई राष्ट्रपतिबाट सम्पादन हुने कार्य गर्ने अधिकार प्रदान गरेको राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशव प्रसाद घिमिरेले बताएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै