• २०८१ बैशाख ३१ सोमबार

छठपछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

kharibot

काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालका नेता एवम् संसदीय सुनुवाइ विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले सरकारले संविधान संसोधन हुनुपर्ने आफ्नो पार्टीको माग सम्बोधननगरे छठलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । 

आज संवाद चौतारीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता कर्णले संविधान संशोधन गर्ने सहमति पश्चात मात्रै आफ्नो पार्टीले सरकारलाई समर्थन गरेको तर हाल सम्म पनि त्यस तर्फ सरकारले कुनै चासो नदेखाएकाले छठलगत्तै पार्टीको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता दिने निर्णय गरिने जानकारी दिए । 

अन्तरसंवादमा बोल्दै कर्णले प्रदेश नम्बर २ सरकारले प्रहरी ऐन ल्याएर देश टुक्राउन खोजको नभई संविधानको धारालाई नै टेकेर त्यसो गरिएको जिकिर गरे । उनले भने, “प्रदेश नम्बर २ सरकारले मात्र होइन यस्ता ऐन अव हरेक प्रदेशले ल्याउनु पर्छ” ।

संघियता नरुचाउनेहरुले प्रदेश नम्बर २ सरकारले ल्याएको ऐनलाई विरोध गरेर संघियतालाई नै कमजोर बनाउने षड्यन्त्र गरिरहेको समेत उनले आरोप लगाए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै