सबैखाले आणविक हतियारको विपक्षमा नेपाल, उत्तरको मिसाइल परीक्षणको विरोध

खरीबोट
ad

काठमाडौं । नेपालले गत शुक्रबार उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षणप्रति दुःख व्यक्त गरेको छ । उत्तर कोरियाले गत शुक्रबार बिहानै जापानको आकाश हुँदै प्रशान्त महासागरमा क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै उत्तरको यस कार्यको विरोध गरेको हो । विज्ञप्तिमा सबैखाले महाविनाशक हतियारको पूर्ण निःशस्त्रीकरण गर्नुपर्ने भन्दै नेपालले पछिल्लो समययता उत्तरबाट हुँदै आएको परीक्षणको विरोध गरिएको छ ।  नेपाल कोरियन पेनिनसुलामा शान्ति र स्थायित्व चाहन्छ, विज्ञप्तिमा भनिएको छ ।

यसैबीच, आणविक हतियारविरुद्ध राष्ट्रसंघको गत जुलाई सम्मेलनले स्वीकार गरेको सन्धिमा नेपालले पनि हस्ताक्षर गर्ने भएको छ । आगामी मंगलबारदेखि न्युयोर्कमा सुरु हुने महासभामा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले उक्त सन्धिमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।

 

सम्बन्धित समाचार

अफगानिस्तानसँग नेपाल ७१ रनले पराजित 

काठमाडौँ। भारतको लखनउमा जारि अन्डर-१९ एकदिवसीय चौकोणीय सिरिज अन्तर्गत तेश्रो स्थानको लागि प्लेअफमा नेपाल अफगानिस्तानसँग ७१ रनले पराजित भएको छ।  अफगानिस्तानले दिएको २४५ रनको लक्ष्य पछायाएको नेपालले ४५ ओभरमा १७३ रन

नेपाल प्रहरीको खस्किँदो साख

काठमाडौं । विवादै विवादको घेरामा फसेको नेपाल प्रहरी फेरि अर्को काण्डमा मुछिएको छ, ‘सौरभको हत्या अथवा आत्महत्या’ । प्रहरीले पोस्टमार्टमबाट विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस पढ्दै गरेका सौरभ उप्रेतीले आत्महत्या

अफगानिस्तानद्वारा नेपाललाई २४५ रनको लक्ष्य, ओपनर रियाज हसनले खेले शतकीय पारी

काठमाडौँ। भारतको लखनउमा जारि अन्डर-१९ एकदिवसीय चौकोणीय सिरिज अन्तर्गत तेश्रो स्थानको लागि प्लेअफमा अफगानिस्तानले नेपाललाई २४५  रनको लक्ष्य दिएको छ।  टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानको युवा टिमले ५० ओभरमा ८

अफगानिस्तानले टस जित्यो,नेपालले पहिला बलिङ गर्दै   

काठमाडौँ। भारतको लखनउमा जारि नेपाल, अफगानिस्तान, भारत ‘ए’ र ‘बि’ सम्मेलित अन्डर-१९ एकदिवसीय चौकोणीय सिरिज अन्तर्गत नेपालले तेश्रो स्थानको लागि प्लेअफमा आज अफगानिस्तानको सामना गर्दै छ। आजको खेलमा अफगानिस्तानले टस