• २०८१ बैशाख १४ शुक्रबार

लुम्बिनीमा ‘बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट’ हुने

kharibot

काठमाडौँ। बुद्धभूमि नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपालमा पहिलोपटक ‘बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट’ हुने भएको छ । नेपाल सरकारको सहयोग तथा नेपाल एशोसिएशन अफ ट्राभल एण्ड टुर्र एजेन्ट (नाट्टा)को आयोजनामा आगामी पुस २६ देखि २८ गतेसम्म बुद्धको जन्मभूमि लुम्बिनीमा ट्राभल मार्ट गर्न लागिएको हो । 

‘एक्सप्लोर द बुद्ध ल्याण्ड, गेटवे टू बुद्धिस्ट सर्किट’ भन्ने मूल नाराका साथ पहिलोपटक बुद्धभूमिमा ट्राभल मार्ट आयोजना गर्न लागिएको हो । मार्ट सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको अध्यक्षतामा समितिसमेत गठन गरिसकिएको छ । 

मार्टमा चीन, भारत, म्यानमार, जापान, भियतनाम, कोरिया, क्यानडा, जर्मनी, फ्रान्सलगायत तीसभन्दा बढी मुलुकका भिक्षु, टुर्र अपरेटर, बुद्धिस्ट एशोसिएशनका प्रतिनिधि, नेशनल टुरिजम काउन्सिलका प्रतिनिधि लगायतको सहभागिता रहनेछ । मार्टमा नेपाल सरकारअन्तर्गत रहेका सम्पूर्ण पर्यटन व्यवसायी, पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाको समेत सहभागिता रहने नाट्टाका सहकोषाध्यक्ष सुरेन्द्र भट्टराईले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै