• २०८१ बैशाख १५ शनिबार

बाराको सिमरा प्रदेश कै रोजाईमा : द्रुत गतिमा विकास हुदै

kharibot

बारा। मध्य तराईको केन्द्रमा रहेको बाराको सिमरा लगायत आसपासका क्षेत्र प्रदेश कै मुख्य रोजाईमा पर्न थालेको छ । सुरक्षीत र मिश्रित समाजको बसोबास रहेको यस क्षेत्रमा राट्रिय गौरवका आ योजना परियोजनाहरुकोे निर्माणका कामले गति लिन थाले पछि यो क्षेत्र धेरैको रोजाईमा पर्न थालेको हो ।

आर्थिक नगरी बिरगंज र राजधानीको नजिक रहेको यो क्षेत्रलाई निर्माणधिन काठमाण्डांै बारा द्रुतमार्गले केही बर्ष भित्रै झनै नजिक बनाउँने भएको छ । निर्माण सुरु गरेको दोश्रो अन्तराष्ट्रिय बिमानस्थल, बिरगंज पथलैया औद्योगिक करीडोरमा निर्माधिन ६ लेन सडक , झण्डै ६५ प्रतिशत काम सम्पन्न गरेको रक्सौल अमलेगंज इन्धन पाईपलाईन र सिमराको औराहामा निर्माणाधिन सेज जस्ता पुर्वाधार बिकासका योजना यसै क्षेत्रमा परेको हुँदा पनि सिमरा क्षेत्रलाई धेरैले रोजेको नेपाली काँग्रेसका पुर्व सांसद डा.शोभाकर पराजुलीले बताए ।

पर्सा बन्य जन्तु निकुञ्जको काँखमा अवस्थित सिमरा चारै तिर हरियाली र जंगलले घेरिएको हुँदा यहाँको हावापानी र बातावरणीय हिसावले पनि यस क्षेत्रलाई राम्रो मानिन्छ भने शिक्षा क्षेत्रमा प्रदेश कै अवल भनेर गनिन्छ ।

शिक्षा, स्वास्थ्य, सुरक्षा, खानेपानी, यातायात  र खेलकुदका क्षेत्रमा समेत पुर्वाधार बिकास बनाईसकेको यो सिमरामा पर्या पर्यटनको बिकास लागि यहाँ सुविधा सम्पन्न साना देखि ४ तारे सम्मका होटेल र रिसोर्टहरु दर्जनौंको सख्यामा खुलिसकेका छन् ।

पुर्व पश्चिम लोकमार्ग र त्रिभुवन राजपथमा जोडिएको यस सिमरामा हवाई सेवाको पनि उत्तिकै पहुंचमा छ । सिमरा विमानस्थलले सिमरा काठमाडौँ दिवा र रात्री उडानले दैनिक १० देखि १२ वटा उडान भर्दै आएको छ । 

धार्मिक, ऐतिहासिक र प्राकृतिक सौन्दर्यताले भरिएको हुँदा यहाँ पर्या–पर्यटनको पनि उत्तिकै संभावना रहेको छ । विश्व कै सबै भन्दा बढी पशु बली चढ्ने बरियारपुरको प्रसिद्ध गढीमाई मन्दिर, ऐतिहासिक महत्वको सिम्रौनगढ क्षेत्र र अमलेखगंज, त्यस्तै प्राकृतिक सौन्दर्यले भरिएको पर्सा बन्य जन्तु निकुञ्ज भित्रका कामिनी दह, हलखोरिया दह, रामभोरी भाटा, अमलेखगंजको हात्तीसार र मानव निर्मित ५२ बिगाहाको पोखरी जस्ता मनमोहक दृश्यले पर्या पर्यटनको पनि थुप्रै संभावना देखिन्छ ।

थुप्रै संभावना बोकेको यो क्षेत्रमा पछिल्ला वर्षहरुमा यँहा बसाई आउँने, व्यापार व्यावसाय खोल्ने, जग्गाको कारोवार गर्ने र घडेरी खरिद गर्नेहरुको संंख्या हवात्तै बढेका छ ।

सरकारले आवश्यक्ता र संभावना देखेर थालेका राष्ट्रिय गौरवका आयोजनालाई सम्पन्न गर्न सबै पक्षको साथ र सहयोग मिले केही बर्ष भित्रै सिमरा मुलुकको दोश्रो सुबिधा सपन्न शहरको रुपमा विकास नहोला भन्न सकिदैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय