• २०८१ बैशाख २६ बुधबार

 स्क्रब टाइफस लाग्नुका कारण र बच्ने उपाय 

kharibot

फाइल तस्विर । 

 काठमाडौं । स्कर्प टाइफस सक्रमित माइट (किर्ना )को टोकाइबाट लाग्ने रोग हो । यो किर्ना विभिन्न जनावरमा देखिन सक्छ तर खास गरेर मुसामा देखिन्छ । 

नेपालमा स्क्रब टाफस १२ महिना नै देखिने गरे पनि विशेष गरी वर्षाको समयमा बढि देखिने गर्दछ । यो रोग ग्रामीण इलाकामा मात्र नभई सहरी इलाकामा पनि देखिने गरेको छ । सन् २००४ मा पाटन अस्पतालले गरेको एक अनुसधानमा स्क्रब टाइफस देखिए पनि खासै वास्ता गरिएन ।  त्यस पछि सन १०१५ मा धरानमा एकै पटक  ८ जनाको मृत्यु भए पछि यसको अनुसन्धान हुदै जादाँ स्क्रब टाइफसको संक्रमण भएको पृष्टि भयो । त्यस पछि यो रोग थप चर्चा र चासोको विषय बन्दै गयो । 

विश्व स्वास्थ संगठनको अनुसार स्क्रब टाइफसको कारण विरामीको मृत्यु हुने दर ३० प्रतिशत मात्र छ । त्यसैले विरामीले ख्याल गरी समयमा नै स्वास्थ संस्था पुग्न सके सामान्य उपचारबाट पनि उसको ज्यान जोगिन सक्छ ।  स्क्रब टाइफस विरुद्धको एन्टिबायोटिक डक्सिसाइक्लिन चलाउने वित्तिकै ४८ घण्टामा ज्वरो नियन्त्रणमा आएको देखिन्छ । डक्सिसाइक्लिन ५ देखि ७ दिन प्रयोग गरेमा निको हुन्छ ।    

स्क्रब टाइफसको लक्षणहरुः

संक्रमित किर्नाले टोकेको ५ देखि २० दिन सम्म यसको लक्षणहरु देखा पर्न थाल्छ । अत्याधिक ज्वरो आउने गर्छ । धेरै टाउको दुख्ने, खोकी लाग्ने, आँखा रातो हुने जस्ता लक्षणहरु देखा पर्दछन् ।  किर्नाले टोकेको ठाँउमा रातो डाबर उठ्न सक्छ, दाग देखिन सक्छ । पछि कालो दाग पनि बस्न सक्छ । पसिना धेरै आउछ । झाडापखला लाग्छ । ग्रन्थिहरु सुनिन्छ । विस्तारै शरीरका मुख्य अंगहरुले काम गर्न छाड्छ ।  

समयमा नै उपचार नभएमा श्वास प्रश्वासमा समस्या आई शास फेर्न गाह्रो भई विरामी सिकिस्त हुन पनि सक्छ । 

बच्ने उपायहरु :

खेतीबारीमा काम गर्दा , वनजंगलमा जाँदा, घास काट्न जादाँ, शरिर ढाकिने कपडा लगाउने गर्नु पर्दछ । संभव भएसम्म जुत्ता लगाउने गर्नु पर्दछ । संभव भएसम्म खाट या अग्लो स्थानमा बस्ने वा सुत्ने, बारी वा चौरमा बस्दा गुद्री वा दरी ओच्छाएर बस्ने गर्नु पर्दछ ।  किर्ना अथवा मुसा लाग्ने गरी अन्न भण्डारण नगर्ने तथा मुसाको वृद्धि विकास हुने वातावरणको सिर्जना नगर्ने । लक्षण देखिएपछि जतिसक्दो जाडो अस्पताल जाने गर्नु पर्दछ ।  

स्क्रब टाइफसले विशेष गरी श्वास प्रश्वास नली मृगौंला, कलेजो, मस्तिष्कमा असर गर्छ । यो सामान्य खालको स्वास्थ्य समस्या भए पनि हेलक्र्याईका कारण जटिल रुप लिन सक्छ र ज्यानै जान सक्छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै