• २०८१ बैशाख १४ शुक्रबार

अछामका महिलाले गरे मदिरा र जुवातासमा प्रतिबन्ध

kharibot

अछाम । मदिरा र जुवातासका कारण गाउँ गाउँमा हुने विकृति रोक्न रामारोशन गाउँपालिका–४ बाटुलासैनका महिलाले तिहारका बेला जाँड रक्सी र जुवातास प्रतिबन्ध गराएका छन् ।

महिला सञ्जालको नेतृत्वमा वडाका जनप्रतिनिधिसहितको भेला गराइ तिहारको समयमा वडामा कसैले पनि मदिरा सेवन तथा बिक्री वितरण गर्न नपाइने र जुवातास खेल्न खेलाउन नपाइने निर्णय गराएका हुन ।

यसअघि पनि वडामा मदिरा र जुवातास नियन्त्रण अभियानमा सक्रिय महिला सञ्जालले दशैंको समयमा पनि मदिरा प्रतिबन्ध गराएको थियो ।

सञ्जालको निर्णय विपरीत कार्य गर्नेलाई कारवाही गरिएको महिला सञ्जालका अध्यक्ष हङ्शकला न्यौपानेले बताइन् ।

उनले भनिन्, “मदिराका कारण महिला हिंसाका घट्ना बढ्न थालेकाले यो अभियान चलाएका हौं ।”

जाँड रक्सी र जुवातास विरुद्धको अभियान प्रभावकारी बन्दै गएको उक्त वडाका वडासदस्य नन्दराज उपाध्यायले बताए । सञ्जालले छाउपडी कुप्रथा, जातीय विभेद्, घरेलु तथा महिला हिंसाका विरुद्धसमेत अभियान गरिरहेको उनले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै