• २०८१ बैशाख २९ शनिबार

पहिलो तीन महिनामै मुक्तिनाथ विकास बैंकको २० करोड खुद मुनाफा

kharibot

काठमाडौं । मुक्तिनाथ विकास बैंकको नाफा उच्चरुपमा बढेको छ । बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा २० करोड तीन लाख ७८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा १३ करोड ५४ लाख ४७ हजार रुपैयाँ रहेको थियो । 

चुक्ता पुंजी दुई अर्ब ५९ करोड १७ लाख ६३ हजार रुपैयाँ रहेको बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा ३३ अर्ब २५ करोड ६९ लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ८५ करोड दुई लाख ४७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

घरजग्गा क्षेत्रमा एक अर्ब ६६ करोड ८० लाख ४३ हजार रुपैयाँ कर्जा पं्रवाह गरेको बैंकले सो अवधिमा ४२ करोड ५७ लाख ७६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । प्रोभिजन रकम पाँच करोड १५ लाख ६१ हजार रुपैयाँ रहेको बैंकमा निष्क्रिय कर्जाको अनुपात भने शून्य दशमलव शून्य दुई प्रतिशत रहेको छ । 

गत आवको सोही अवधिमा भने बैंकले १९ अर्ब ५४ करोड २६ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ८० करोड ७६ लाख एक हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा २५ करोड ७९ लाख ६१ हजार रुपैैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको  कर्जाको अनुपात शून्य दशमलव शून्य तीन प्रतिशत रहेको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय