• २०८१ बैशाख १४ शुक्रबार

फिल्म ‘गोर्खे’ को ‘सिन्की अचार’ गीत सार्वजनिक 

kharibot

काठमाडौँ। प्रदर्शन मिति घोषणा नगर्दै फिल्म ‘गोर्खे’ ले फिल्मको प्रचार आरम्भ गरेको छ । तिहारको उपहार स्वरुप निर्माण टिमले फिल्मको पहिलो गीत ‘सिन्की अचार’ इन्टरनेट रिलिज गरेको छ । गीतमा अभिनेता रविन्द्र प्रताप सेन र अभिनेत्री अञ्जली अधिकारी फिचर्ड रहेका छन् । 
 
छमछमी नाच्न मिल्ने गीतमा नग्वा फिन्जु पाख्रिनको शब्द तथा संगीत छ । स्वर अन्जु पन्त र आर सी रिमालले दिएका छन् । गीतमा अभिनेता सेन, अञ्जलीलाई लैजाने कुरा गर्दैछन् । शब्द, संगीत र गायनको गीतमा उत्कृष्ट संयोजन छ । गीतले बजार पिट्ने लक्षण देखाएको छ । 
 
सन्तोष ढकाल निर्देशित फिल्ममा अर्जुन गुरुङ, अश्मी लामा, अष्मिता श्रेष्ठ (रानी), एन्जल श्रेष्ठ, सरो तामाङ, सुजन थापा मगर, बलदीप राईलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मका प्रस्तुतकर्ता हरि लामा हुन् । तिर्थ कोजु र हरि थापा निर्मातामा छन् । 
 
कोजु इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई निराज कँडेलले खिचेका हुन् । शिव विकको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मले साहसी गोर्खालीको कथा वाचन गर्नेछ । फिल्मलाई यसै वर्ष प्रदर्शनमा ल्याउने तयारी निर्माण टिमको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै