सुखी नेपाली र समृद्धि नेपालको अभियान सफल हुन्छ : नेता नेपाल

खरीबोट

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुखी नेपाली र समृद्धि नेपालको अभियान सफल हुने बताएका छन् ।

सूर्यविनायक नगरपालिका–५ स्थित सूर्यनगर टोल विकास समाजले आयोजना गरेको दीपावली, नेपाल संवत् ११३९ तथा छठको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै उनले नेपालको समृद्धिको शुरुवात भइसकेको बताएका हुन् ।

नेता नेपालले शङ्करापुर नगरपालिका, कोटेश्वर, कागेश्वरी मनोहरालगायत काठमाडौँ उपत्यकाका सबै सडक आगामी दुई वर्षभत्रमा कालोपत्र हुने र उकालोमा ढलान हुने बताए ।

विगतमा निर्माण व्यवसायीको ढिलाइले निर्माण कार्यले गति लिन नसके पनि अब त्यो ढिलाइ नदोहरिने उनको भनाइ थियो । देशमा सबै जातजाति, भाषाभाषी, धर्म, सम्प्रदाय सबैलाई न्याय गर्दै सामाजिक न्यायसहितको लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको बताउँदै उनले नेकपाको दुई तिहाइको सरकार निर्माण भएकाले देशको विकास र समृद्धि नरोकिने चर्चा गरे ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको विकासलाई रोक्न खोज्नेलाई परास्त गर्दै आगामी चार वर्षभित्र भक्तपुरको विकासले मुहार फेर्ने बताए ।

त्यस अवसरमा ३ नं प्रदेश सांसद शशीजङ्ग थापाले अब जनताले विकास नहोला कि भनेर चिन्ता गर्नुपर्ने बेलाको अन्त्य भएको बताए ।

सम्बन्धित समाचार

पूर्व प्रधानमन्त्री नेपाल र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता 

काठमाडौ । पूर्वप्रधान मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवम् वैदेशिक मामिला विभाग प्रमुख माधवकुमार नेपालसँग नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले भेटवार्ता गरेकाछन् ।  आज विहान पूर्व प्रधानमन्त्री नेपालको

एकता कार्यक्रम चलिरहदा माधवकुमार नेपाल किन बाहिरिए ?

काठमाडौँ । सोमबार सम्पन्न जिल्ला तहको एकता घोषणामा सहभागि वरिष्ठ नेता माधवकुमार नेपाल कार्यक्रम नसकिदै बाहिरिएपछि निकै चर्चा भइरहेको छ ।  कतिपयले जिल्ला तहको नेतृत्वमा गरिएको बाँडफाँटप्रति असन्तुष्टी भएको आशंका गरेका

सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्छ : नेता नेपाल

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले सरकारले इमान्दारिताका साथ जनताको पक्षमा काम गर्नुपर्ने बताएका छन् । चितवनको भण्डारामा आयोजित स्व नेता जागृतप्रसाद भेटवालको प्रथम स्मृति सभालाई

सरकारले वार्ता र संवादको ढोका बन्द गरेको छैन : नेता नेपाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता र संवादको ढोका बन्द नगरेको बताएका छन् । प्रेस चौतारी र प्रेस


z