अमेरिकी माथिल्लो सदनमा रिपब्लीकन र तल्लो सदनमा डेमोक्र्याटको बहुमत

खरीबोट

वासिङ्टन। अमेरिकाको माथिल्लो सदन मानिने सिनेटमा सत्तारुढ दल रिपब्लीकन पार्टीले बहुमत ल्याउने भएको छ भने तल्लो सदनमा विपक्षी दल डेमोक्र्याटको बहुमत हुने देखिएको छ । 

मुख्य भूमिका रहेको तल्लो सदनमा विपक्षी दलकोे बहुमत हुनेभएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अफट्यारो पर्ने भएको छ । 

राष्ट्रपतिका प्रस्तावलाई अंकुश लगाउने क्षमतासहित डेमोक्र्याटिक पार्टी गत आठ वर्षपछि पहिलो पटक तल्लो सदनमा उपस्थीत हुनलागेको हो । ट्रम्प शासनको जनमत सङग्रहका रूपमा हेरिएको यो मध्यावधी निर्वाचनले ट्रम्पको लोकप्रियता खस्कीएको देखाएको छ । 

डेमोक्रयाटले ट्रम्पविरुद्ध उदारवादी नीतिको उपयोग गर्दै चुनावी फाइदा लिएको विश्लेषण गरिएको छ । विभिन्न सञ्चार मध्यमले प्रतिनिधिसभामाथि नियन्त्रण गर्नका लागि आवश्यक २३ स्थानमा डेमोक्र्याटिक पार्टीले जीत हासिल गर्ने प्रक्षेपण गरिएको जनाएका छन् । 

प्रतिनिधिसभाका सबै ४३५ स्थान, सिनेटका १०० मध्ये ३५ स्थान र ३६ वटा राज्यमा गभर्नर पदका लागि लागि मतदान भएको हो । 

सम्बन्धित समाचार

दुई चिनियाँ फर्ममाथि प्रतिबन्ध लगाउने अमेरिकी घोषणा

सियोल ।  संयुक्तराज्य अमेरिकाले दुईवटा चिनियाँ सिपिङ कम्पनीमाथि राष्ट्रसङ्घीय प्रतिबन्धको बेवास्ता गरी उत्तर कोरियालाई सहयोग गरेको आरोपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । उक्त कदमले अमेरिकाको उत्तर कोरियामाथि थप दबाब

वार्ताका लागि बेइजिङ आउँदै अमेरिकी व्यापार प्रतिनिधि

चीन । अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अर्थमन्त्री स्टिभन मनचिन दुइ दिने व्यापार वार्ताका लागि आगामी मार्च २८ मा चीन आइपुग्ने चिनीया वाणिज्य मन्त्रालयले जनाएको छ । दुबै देशबीच

उत्तर कोरियासँग पुनः वार्ता हुन्छ : अमेरिकी विदेशमन्त्री

अमेरिका । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका उत्तर कोरियासँग पुनः वार्तामा बस्न सक्ने बताएका छन् । उनले एक अमेरिकी रेडियोलाई दिनुभएको अन्तर्वार्तामा अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ उनसँग पुनः वार्ता

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मेक्सिको सीमामा पर्खालका लागि भिटो प्रयोग

अमेरिका । अमेरिकी कङ्ग्रेसले मेक्सिको सीमामा मानवीय सङ्कटकाल लगाएर भए पनि सीमामा पर्खाल निर्माण गरिछाड्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव अस्वीकृत गरेसँगै कङ्ग्रेसको निर्णय विरुद्ध राष्ट्रपति ट्रम्पले विशेषाधिकार (भिटो) प्रयोग गरेका


z