• २०८१ बैशाख १४ शुक्रबार

बाराको पुर्व पश्चिम राजर्मागमा दुर्घटना : ३ जनाको मृत्यु,  २ जनाको अवस्था चिन्ताजनक 

kharibot

बारा। बाराको पुर्व पश्चिम राजर्मागमा एक आपसमा गाडि ठोक्किदा तीन जनाको मृत्यु भएको छ । 

जिल्लाको निजगढ नगरपालिका वडा नं.९ स्थित भमरा पुलमा बा.२.ज.२११७ नम्वरको टेक्सी र तरकारी बोेकेको ग.२.च.२३२५ नम्वरको पिकअप भ्यान एक आपसमा ठोकिदा घटना स्थल मैं तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा टेक्सीका चालक भक्तपुरका वर्ष २९ का समुन्द्र श्रेष्ठ , सोही टेक्सीमा सवार निजगढ २५ वर्षिय विशाल माझी र निजगढ कै वर्ष २५ का आकाश माझी रहेको निजगढका ट्राफिक प्रहरी निरिक्षक बिकास बमले जानकारी गराएका छन् ।

टेक्सीमा सवार अन्य २ जना मध्ये निजगढका वर्ष २८ का नरेश माझी र मकवानपुरको फापरबारी गाउँपालिका बस्ने वर्ष २१ का अर्जुन माझीको अवस्था चिन्ताजनक रहेकोले उनीहरूलाई उपचारको लागि चितवनको भरतपुर अस्पतालमा पठाईएको ट्राफिक प्रहरी निरिक्षक बमले जानकारी दिए । 

गए राति करिब एक बजेको समयमा तिब्र गतिमा रहेको दुवै गाडि नियन्त्रण हुन नसक्दा दुर्घटना भएको हुन सक्ने प्ररम्भीक अनुसन्धानले देखाएको ट्राफिक प्रहरी निरिक्षक बमले बताएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै