• २०८१ बैशाख १४ शुक्रबार

एआरटीको सहायताले सहज जीवनयापन गर्दै एचआइभी संक्रमित

kharibot

डोटी । डोटीमा ७१५ जना एचआइभी संक्रमितले उपचारका क्रममा नियमित रूपमा एआरटी नामक औषधि सेवन गर्न थालेका छन् ।

नियमित औषधि सेवन गर्नेहरु फुर्तिलो भई सहज जीवनयापनमा सघाउ पुगेको छ । औषधि सेवन गरे अझै केही समय बाँच्न सकिन्छ भन्ने जानकारी पाएपछि आफूहरु लगातार रुपमा एआरटी नामक औषधि खान थालेको एआरटी औषधि खाइरहेका संक्रमित एक युवाले बताए । उनले भने, “जानअन्जानले गल्ती भयो, सहज जीवनयापन का लागि औषधि खान थालेको छु ।”

आर्थिक वर्ष २०७४÷७५ सम्ममा एचआइभी÷एड्सले डोटीमा १११ को ज्यान गएको जिल्ला अस्पताल डोटीले जनाएको छ । आव २०७१÷७२ मा एचआइभीले मृत्यु हुनेको सङ्ख्या ८७ रहेकोमा आव २०७३÷७४ मा ९४ पुगेको थियो । जिल्लाका ९३१ संक्रमितमध्ये ७१५ ले एआरटी सेवन गरिरहेको जिल्ला अस्पताल डोटीका डा गिरिश अवस्थीले जानकारी दिए । आव २०७१÷७२ मा एआरटी सेवन गर्ने ४३१ थिए । आव २०७२÷७३ मा सो संख्या ५१२ पुग्यो । डोटीमा खासगरी कामको सिलसिलामा भारत जाने पुरुषले त्यहाँ गर्ने असुरक्षित यौन सम्पर्कका कारण उनीहरुबाटै एचआइभी संक्रमण हुने गरेको सो क्षेत्रमा काम गर्ने संस्था बताउँछन् ।

संक्रमितबाट तिनका श्रीमतीसमेत संक्रमित हुने हुँदा तिनका सन्तानम समेत त्यसको असर परेको बताइन्छ । सुदूरपश्चिम प्रदेशका अछाम, कैलाली तथा डोटीमा एचआइभी संक्रमितको सङ्ख्या अरु जिल्लाभन्दा बढी भएको सरोकारवालाको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै