• २०८१ बैशाख १४ शुक्रबार

काठमाडौँमा ट्याक्सी दुर्घटनामा एक वृद्धाको मृत्यु, चार घाइते

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ सानोभर्याङ नजिक गए राति सडक दुर्घटना परी गोरखा सिरनचोक गाउँपालिका–७ का ७० वर्षीया मोतीसरा भुजेलको मृत्यु भएको छ ।

बा१०प ५१९१ नं को कार र बा२ज ३१५ नंको ट्याक्सी एकापसमा ठोक्किँदा ट्याक्सीमा सवार भुजेल गम्भीर घाइते भएकी हुन् ।

उनको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको महानगरीय प्रहरी प्रभाग स्वयम्भूले जनाएको छ । ट्याक्सीमा सवार अन्य चार जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै