Skip This

कम्बोडियाका प्रधानमन्त्री नेपाल भ्रमणमा आउँदै 

खरीबोट

काठमाडौँ। कम्बोडियाका प्रधानमन्त्री हुन सेन नेपालको औपचारिक भ्रमणमा आउने भएका छन्। प्रधानमन्त्री सेन आगामी मङ्सिर १३ गते काठमाडौँ आउने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन्। दुई दिवसीय उक्त भ्रमण पारस्परिक हित र चासोका विविध विषयमा द्विपक्षीय वार्ता हुने जानकारी मन्त्री ज्ञवालीले दिएका छन् । 

अन्य देशबाट उच्च राजनीतिक तहका व्यक्तित्वको नेपाल भ्रमण हुने उनले बताए । आफ्ना जापानी समकक्षीको निमन्त्रणमा आफू जापानको भ्रमणमा आगामी शनिबार त्यसतर्फ प्रस्थान गर्ने जानकारी दिँदै मन्त्री ज्ञवालीले त्यहाँबाट कृषि प्रविधि तथा कृषिको आधुनिकीकरणमा जापानी सहायता जुटाउनेमा आफू केन्द्रित रहने बताए । 

“नेपालको विकासको प्रमुख साझेदार तथा हाम्रा प्रमुख भौतिक पूर्वाधार निर्माणमा लामो समयदेखि सघाउँदै आएको जापानसँग सडक तथा रेलजस्ता पूर्वाधारमा लगानी ल्याउन मेरो विशेष प्रयास हुनेछ । औपचारिक वैदेशिक सहायता कटौती भइरहेको सन्दर्भमा जापानबाट अधिकभन्दा अधिक लगानी भित्र्याउनु मेरो भ्रमणको अर्को उद्देश्य हो ।” जापानमा लगानीसम्बन्धी कार्यशालासमेत हुने जानकारी दिँदै परराष्ट्रमन्त्रीले भने । 

सम्बन्धित समाचार

कम्बोडियाका प्रधानमन्त्री हुन सेन स्वदेश फिर्ता

काठमाडौँ। एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिएर कम्बोडियाका प्रधानमन्त्री हुन सेन आज स्वदेश फर्किएका छन् ।  उनलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल र कानून, न्याय तथा संसदीय मामिला व्यवस्थामन्त्री भानुभक्त ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय

राष्ट्रपति भण्डारी र कम्बोडियाली प्रधानमन्त्री सेनबीच भेटवार्ता

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालको औपचारिक भ्रमणमा रहेका कम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको छ ।  राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार भएकोे भेटवार्तामा नेपालका तर्फबाट

कम्बोडियाका प्रधानमन्त्री हुन सेन पाटनमा

ललितपुर। कम्बोडियाका प्रधानमन्त्री हुन सेनले पाटन दरबार क्षेत्रको भ्रमण गरेका छन् ।  एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन आएका उनीसँगै झण्डै ६० जनाको कम्बोडियाली प्रतिनिधिमण्डलले पाटन दरबार क्षेत्रको भ्रमण गरेको ललितपुर

नेपाल र कम्बोडियाबीच हवाई सम्झौता : सातामा १४ उडान

काठमाडौँ। सातामा १४ उडान गर्ने लक्ष्यसहित नेपाल र कम्बोडियाबीच द्विपक्षीय हवाई सम्झौतामा हस्ताक्षर भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओली र उनका कम्बोडियाका समकक्षी हुन सेनको उपस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक


z