• २०८१ बैशाख १४ शुक्रबार

चार लाख जरिवाना र चार वर्ष कैद सजाय पाएका नर्थपोल ओभरसिजका कार्की पक्राउ 

kharibot

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले वैदेशिक रोजगारीमा पठाउने भनी झण्डै २५ लाख ठगी गरी फरार एक मेनपावर सञ्चालकलाई आइतबार पक्राउ गरेको छ । 

सीआईबीले ताप्लेजुङका नर्थपोल ओभरसिज प्रालिका सञ्चालक विनोद कुमार कार्कीलाई काठमाडौंबाट पक्राउ गरेको हो । सुरेन ढकाललगायतका व्यक्तिहरुले दिएको जाहेरीको आधारमा प्रहरीले वैदेशिक रोजगार कसुर मुद्दामा पक्राउ गरेको हो ।

कार्कीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणले उक्त मुद्दामा ०७१ कात्तिक २३ मा चार वर्ष कैद तथा चार लाख जरिवाना हुने फैसला गरेको थियो । 

कार्कीले विभिन्न मानिसहरुलाई पोल्याण्ड, दुवई, मलेसिया, बहराइनमा वैदेशिक रोजगारीमा पठाइदिने भनी १६ लाख ४३ हजार रुपैयाँ लिई फरार भएका थिए ।

उनीविरुद्ध ठगी मुद्दा परेपछि न्यायाधिकरणले २४ लाख ६५ हजार क्षतिपूर्ति पीडितहरुलाई भराउने फैसला गरेको थियो । त्यसपछि फरार उनलाई आज जिल्ला अदालत काठमाडौंमा पेस गरी केन्द्रीय कारागार सुन्धारामा पठाइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै