रुपन्देही । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा एचआईभी संक्रमित आमाबाट ८ जना पुर्णरुपमा स्वस्थ बच्चा जन्मिएका छन । एचआईभी संक्रमित आमाबाट चिकित्सकको पुर्ण निगरानीमा उचार गरेमा पुर्णरुपमा स्वथ्य बच्चा जन्मिएका छन ।
गत महिना मात्रै २ जना संक्रमित आमाबाट अप्रेशन गरी दुई वटा स्वाथ्य बच्चा जन्मिएका छन् । अझै केही महिना परिक्षणको अवधी रहेको छ । एचआईभी संक्रमित व्याक्तीबाट नियमित रुपमा औषधी सेवन गरेमा स्वाथ्य बच्चा जन्मे प्रमाणित नै भैस सकेको एचएफका रुपन्देही प्रमुख धर्मराज भट्टराईले वताए ।
एचआईभी संक्रमित भएको व्याक्तिले नियमित रुपमा औषधी सेवन गरेमा एचआईभी सर्ने दर अन्यान्तै न्युन रहेको उनले बताए । सन् २००८ देखि हाल सम्म ए.एच.एफ ले स्थापना गरेको सर्भिस युनिटबाट २ सय २ सय ८६ जनाको एचआईभी परिक्षण गरिएको छ ।
जसमा १००७ जानमा एचआईभी संक्रमित देखिएको छ भने १ सय ९४ जनाको मृत्यु भैसकेको छ । यस्तै ८७ जना विरामी उपचार नगरी सम्पर्कविहिन भएका छन् भने १ सय ७ जनाले अहिले पनि निशुल्क रुपमा नियमित एआरटी(औषधी ) सेवन गरिरहेका छन् ।
रुपन्देहीमा लुम्बिनी अञ्चल अस्पताल बुटवल र भिम अस्पताल भैरहवामा एआरटी सेवा सञ्चालन रहेको छ । ३ सय ४२ जना एचआईभी संक्रमितहरुलाई विभिन्न एआरटी सेवा केन्द्रमा सिफारिस गरिएको एएचएफले जनाएको छ ।
रुपन्देहीमा नियमति रुपमा एआरटी औषधी सेवन गर्नेहरुमा हाल सम्म पुरुषको संख्या ४ सय ४८जना, महिला ४४४ जना, छोरी बच्चा ३०, छोरा बच्चा ४३ जना र ५ जना तेस्रो लिंगीहरु समेत रहेका छन् ।
केन्द्रीय तथ्यांका विभागका अनुसार नेपालमा हाल ३२ हजार ७ सय ३५ जना एआईभीसंक्रमित रहेका छन् । पछिल्लो समयमा एचआईभी संक्रमित दर विस्तारै घट्दै गएको तथ्यांक विभागले जनाएको छ । हाल सर्ने दर ०.१७ प्रतिशत रहेको जनाइएको छ ।
सन् २०१६ मा नयाँ ९ सय ४२ जनामा एचआईभीको संक्रमण भेटिएको छ । भने २०१७ मा १७ सयस ७१ जना एचआईभी एड्सको कारण निधन भएको छ ।