• २०८१ बैशाख १५ शनिबार

पोखरा राइनोजले भित्रायो अस्ट्रेलियन कोच 

kharibot

काठमाडौँ। एभरेष्ट प्रिमियर लिग (इपिएल) टिम पोखरा राइनोजले अस्ट्रेलियन कोच नाथन डोडलाई भित्राएको छ।

आगामी मङ्सिर २२ गतेदेखि पुस ७ गतेसम्म हुने इपिएलको दोस्रो संस्करणका लागि पोखरा राइनोजले डोडलाई भित्राएको हो। डोड क्रिकेट अस्ट्रेलियाका लेभल ३ का कोच हुन्। उनी अस्ट्रेलियाका प्रिमियर कोचहरु जस्टिन ल्यांगर फिल जोन्ससँग काम गरिसकेका कोच हुन्।

डोड हाल अस्ट्रेलियन क्रिकेटको इन्टेलेकचुअली डिजेबल क्रिकेटको सिनियर असिस्टेन्ट कोच हुन् भने उनले एनएसडब्लु ब्लुजको कन्सल्टेन्ट डेभलप्मेन्ट कोचको रुपमा काम गरिरहेका छन्। उनलाई टी-२० क्रिकेटको स्पेसिलिष्ट कोच मानिन्छ। पोखरा राइनोजसँगको सम्झौता पछि डोडले पोखरा राइनोजका खेलाडीको प्रदर्शनलाई सुधार गर्न आफुले सक्दो प्रयास गर्ने बताए। 

दोस्रो संस्करणको इपिएल आगामी मङ्सिर २२ गते देखि पौष ७ गतेसम्म (डिसेम्बर ८ देखि २२ गतेसम्म) हुदै छ । कुल ६ टिम विराटनगर वारियर्स, भैरहवा ल्याडियटर्स, काठमाडौं किंग्स इलेभेन, ललितपुर प्याट्रियोर्टस, पोखरा राइनोज र चितवन टाइगर्सले भाग लिने इपिएलको पहिलो संस्करणको उपाधि विराटनगर वारियर्सले जितेको थियो।

यस सिजनको डिजिटलप्रसारण सम्बन्धि सम्झौता नेपाल फ्लिक्ससँग यस अघि नै भैसकेको छ भने एपीवान टिभीमा पनि प्रत्यक्ष प्रसारण हुने आयोजकले जानकारी गराएका छन्। 

त्यस्तै यस सिजनमा खेल्नका लागि युएईका कप्तान रोहन मुस्तफा, जिम्बाबेका सिकन्दर राजा र आयरल्याण्डका केभिन ओ ब्रायनले काठमाडौँ किंग्स एघारसँग खेल्ने गरि सम्झौता गरिसकेका छन्। 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै