कोइराला परिवारले मोर्चाबन्दी गर्दा पार्टीलाई फाइदा हुन्छ : सभापति देउवा

खरीबोट

विराटनगर। नेपाली काँग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाले पार्टीमा कोइरालाहरुबीचको एकताबाट पार्टीलाई फाइदा हुने बताएका छन् । 

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीभित्र मोर्चाबन्दी गर्न पाइने स्पष्ट पारे । पूर्वप्रधानमन्त्री देउवाले काङ्ग्रेस प्रजातान्त्रिक पार्टी भएकाले यसभित्र गुट उपगुट हुने बताउँदै विगतमा पार्टी सभापति गिरिजाप्रसाद हुँदा विधानअनुसार सञ्चालन नभएको प्रष्ट पारे । 

पार्टीभित्र आन्तरिक द्वन्द्व भए पनि यो अराजक नभएको बताउँदै उनले पार्टीको महाधिवेशन तोकिएको समयमा हुनेछ भने । एक प्रश्नको जवाफमा सभापति देउवाले नेपाल विद्यार्थी सङ्घले आफ्नो कार्य राम्ररी गरेमा महाधिवेशन हुने विचार व्यक्त गरे ।

सम्बन्धित समाचार

संसदीय मूल्य मान्यता विपरित विधेयक पारित गरियो : सभापति देउवा

पोखरा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पारित गरिनु संसदीय मूल्य मान्यता विपरित भएको आरोप लगाएका छन् ।  काँग्रेसका अग्रज नेता प्रजातन्त्र सेनानी केशवराज रेग्मीको स्मृतिमा आज

अनसन तोड्न देउवाको डा.केसीलाई आग्रह 

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा शिक्षामा सुधारको माग राख्दै २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई भेटेका छन् । आज डा.केसीलाई भेट्न सभापति देउवा त्रिवि शिक्षण अस्पताल पुगेका

प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भयो : सभापति देउवा

लमजुङ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रता माथि हस्तक्षेप गरी प्रजातन्त्रलाई कमजोर बनाएको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखा लमजुङको छैटौँ जिल्ला

नेपाली काङ्ग्रेसमा अनुशासनहीनता बढेकोमा देउवाको चिन्ता

तनहुँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनको खाँचो रहेको बताएका छन् । नेपाली काङ्ग्रेस तनहुँ कार्यलयले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले अनुशासनभन्दा बाहिर गएर कसैले पनि


z