• २०८१ बैशाख १४ शुक्रबार

रणवीरले किने दीपिकाका लागि ५० करोडको घर !

kharibot

काठमाडौँ।  हालै विवाह बन्धनमा बाधिएका दीपिका पदुकोने र रणवीर सिंहले शाही अन्दाजमा आफ्नो विवाह सम्पन्न गरेका छन्। विवाहमा दीपिका र रणवीरले २५-३० करोड खर्च गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

विवाहमा दीपिकाले लगाएको औठी र कपडाको पनि मिडियामा निकै चर्चा भएको छ। मिडिया रिपोर्ट अनुसार दीपिकाले डेढ करोड पर्ने लेहंगा लगाएको बताइएको छ। रणवीरले दीपिकालाई लगाइदिएको औठीको मुल्य साढे २ करोड रहेको पनि मिडिया रिपोर्टमा उल्लेख गरिएको छ भने मंगलसुत्रको मुल्य २० लाख रहेको बताइएको छ । हाल मुम्बई फर्कीसकेको यो जोडीले मुम्बईको जुहूमा  पर्ने घर पनि किनेका छन्।

अत्यन्त निजी तवरबाट इटालीमा विवाह गरेका यो जोडीले नोभेम्बर २१ मा बैङ्गुलुरुमा र २८ नोभेम्बरमा मुम्बईमा रिसेप्सन दिने भएका छन्।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै