Skip This

सुन सिरानी हालेर नून खोज्ने कर्णालीवासी विकटका बासिन्दा हुँदैनन् : उपप्रधानमन्त्री पोखरेल

खरीबोट

त्रिपुरासुन्दरी। भूगोलका हिसाबले मुलुककै ठूलो डोल्पा जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको औपचारिक घोषणा गरिएको छ । 

उपप्रधानमन्त्री ईश्वर पोखरेलले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ छलगाड दोभानमा नेपाली सेनाले खनेको जाजरकोट– दुनै सडक मार्गको उद्घाटन गरेसँगै सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा समेटिएको औपचारिक घोषणा गरिएको हो । 

एक सय १८ किलोमिटरको उक्त सडक जाजरकोटको पासागाढदेखि डोल्पाको त्रिपुरासुन्दरी–सुपानीसम्म १०३ किलोमिटर नेपाली सेनाले तथा सुपानीदेखि सदरमुकाम दुनैसम्म १४ किमी स्थानीय निकाय र सांसद विकास कोषमार्फत निर्माण गरिएको हो । दुनैसँग सडक सञ्जाल जोडिएसँगै हुम्लाबाहेक मुलुकका ७६ वटै जिल्ला सदरमुकाममा मोटरबाटाको पहुँच पुगेको छ । 

छिमेकी मुलुक चीन र भारतलाई मरिम्ला र रुपेडिया नाकाबीच सीधा सडक सम्पर्क जोड्न योगदान दिने सामरिक महत्वको उक्त राजमार्ग निर्माणले प्राकृतिक विविधताले भरिपूर्ण कर्णाली क्षेत्रको विकासमा कायपलट ल्याउने विश्वास गरिएको छ । जाजरकोट, रुकुम र डोल्पा समेट्ने उक्त राजमार्ग पहाडी ‘फिडर रोड’को अवधारणानुरुप निर्माण भएको सडक निर्माण कार्यदलका प्रमुख प्रमुख सेनानी विश्वबन्धु पहाडीले जानकारी दिए । 

उक्त सडक निर्माणसँगै त्यस क्षेत्रमा उत्पादन हुने बहुमूल्य जडीबुटीलगायत चिजवस्तु बिक्रीवितरणका लागि आवश्यक बजार पाउने हुँदा स्थानीयवासीको जीवनस्तर सुधार ल्याउन योगदान पुग्नेछ । केही समयपछि नै उक्त सडक नेपाली सेनाले सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम राखेकामा स्थानीय जनताले उपप्रधानमन्त्री पोखरेलसमक्ष सडक थप विस्तार र सुधारको जिम्मा नेपाली सेनालाई नै दिन आग्रह गरे । 

रिम्ना, मनमाइतहरा, तल्लो बजार, गोतामकोट, घाडथला, त्रिवेणी, खदाङ, श्रीविन्देजस्ता बस्ती हुँदै भेरी नदीको तीरैतीर दर्जनाँै अक्कर र भीर पहरा छिचोलेर उक्त सडक दुनै पुगेको छ । डोल्पामा सडकको पहुँच पुगेसँगै शे–फोक्सुण्डो ताल र त्यस क्षेत्रको राष्ट्रिय निकुन्ज क्षेत्रमा पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुग्नेछ । 

उक्त सडकको उद्घाटन गर्दै रक्षामन्त्री पोखरेलले जाजरकोट– दुनै सडक निर्माणले सुनको शिरानी हालेर नूनको खोजीमा हिँड्ने कर्णालीवासी अब विकटका बासिन्दा हुन नसक्ने बताए । उनले भने, “डोल्पावासी अब विपन्न अवस्थामा रहने छैनन्, यो विकट ठाउँ सुगम बन्नेछ, यहाँका जनतालाई सम्पन्न गराउने ढङ्गबाट सरकारले काम गर्नेछ, असुरक्षित बस्तीलाई व्यवस्थित र सुरक्षित तुल्याउनेछ । 

प्रदेश सरकारसँगको सहकार्यमा जाजरकोट– दुनै सडकको स्तर उन्नति, बेलिब्रिजको जडान र कालोपत्रे गर्न कार्य सङ्घीय सरकारले पूरा गर्ने डोल्पावासीलाई विश्वास दिलाउँदै उपप्रधानमन्त्री पोखरेलले विकास र समृद्धिका लागि पहिलो शर्त सडक यातायात हो भन्ने पक्षलाई सरकारले प्राथमिकतामा राखेको बताए । 

सो अवसरमा प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्राकृतिक स्रोतसाधनको हिसाबले डोल्पा अथाह सम्भावना बोकेको स्वर्ग भएको हुँदा सो सडक निर्माणपछि डोल्पाको विकट र गरीबीको परिचय बदलिने आशा व्यक्त गरे । 
 

सम्बन्धित समाचार

निर्मलाको हत्यारा छिट्टै सार्वजनिक गर्छौं : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ। उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुरका निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ गरिसकेको बताएका छन् ।  ‘दशौँ राष्ट्रिय मानव अधिकार महाभेला’ को शनिबार उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले भने, “निर्मलाका हत्यारा

चिसोका छल्न छ महीनाका लागि बन्द डोल्पाका विद्यालय

डोल्पा । चिसो बढेसँगै डोल्पाको उत्तरी क्षेत्रका विद्यालयहरु बन्द भएका छन् । यस वर्षको शैक्षिक सत्र सकिएसँगै फोक्सुण्डो, डोल्पो बुद्ध र छार्कातासोङ् गाउँपालिकामा एक माध्यमिक, तीन आधारभूत (६–८) र २०

सुन सिरानी हालेर नून खोज्ने कर्णालीवासी विकटका बासिन्दा हुँदैनन् : उपप्रधानमन्त्री पोखरेल

त्रिपुरासुन्दरी। भूगोलका हिसाबले मुलुककै ठूलो डोल्पा जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको औपचारिक घोषणा गरिएको छ ।  उपप्रधानमन्त्री ईश्वर पोखरेलले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ छलगाड दोभानमा नेपाली सेनाले खनेको जाजरकोट– दुनै सडक

डोल्पा जीप दुर्घटना : मृत्तक सबै १० जनाको सनाखत

डोल्पा। ठूलीभेरी नगरपालिका–९ को कालागौँडा नजीकै बतासे वडारमा आज भएको जीप दुर्घटनाका मृत्तक सबैको सनाखत भएको छ ।  मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका ४५ वर्षीय हेमराज हमाल, १८ वर्षीया लक्ष्मी रोकाय,


z