• २०८१ बैशाख १४ शुक्रबार

भक्तपुरमा स्कुटर दुर्घटनामा एकको मृत्यु

kharibot

भक्तपुर। आफैँले चलाएको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा भक्तपुर नगरपालिका– ७ इनाचोका ५३ वर्षीय आशाराम दुमरुको मृत्यु भएको छ । 

भक्तपुर–१ सिर्जनानगरबाट मध्यपुरथिमितर्फ जाँदै गरेको बा ६४ प ४६२ नंको स्कुटर अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा स्कुटर चालक दुमरुको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

घाइते भइ भक्तपुरको इवामुरा अस्पतालमा उपचारका क्रममा दुमरुको मृत्यु भएको र आजै शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाइएको बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै