• २०८१ बैशाख १५ शनिबार

म त भन्छु ध्यान गर !

kharibot

म त भन्छु ध्यान गर 
आनन्दमा रहेर बस
 खुब मस्ती गर ! 
सृष्टिको फुल सँग मुस्काउ 
आफ्नो स्वभाव नेचुरल बनाउँदै जाउ 
हास नाच गाउ रमाउदै भित्र भित्र 
मत भन्छु ध्यान गर ! 

ध्यान गरे मन विचार भाव 
शुद्ध र पवित्र हुँदै जान्छ
 हाम्रो जीवन फुल जस्तै मुस्काउछ तर,
  बीच बीचमा लामो लामो सास 
फेर्न चै  नबिर्स मेरा ध्यानी साथीहरु हो 
आँखा बन्द गर र आफ्नो श्वासमा हेर 
श्वास आउने जाने क्रम बढिरहेको छ 
भित्र भित्र खुब मस्ती गर र आनन्द 
आइरहेको अनुभुती गर 
मत भन्छु आर्ट अफ लिविङ मा छिर !

संसार विचित्रको छ 
जताततै डर चिन्ता भय तनाव 
आफू लाई  चिन्दैनन् बुझ्दैनन् 
जीवन हेर त कति सुन्दर छ 
प्रकृति को हरेक सृष्टि सँग 
कृतज्ञ बन मत भन्छु ध्यान गर ! 

प्रकृति को अनुपम आवाजहरु सँग 
उर्जासिल बनाउ सकारात्मक बनाउ जीवन 
ध्यान गरे चेतना र प्रतिभाहरु र 
ज्ञानको क्षेत्र बढ्दै जान्छ 
मत भन्छु ध्यान गर ! 

आनन्दमा रहेर बस 
खुब मस्ती गर र 
सधै आफ्नो स्वभावमा रहेर बस !

अमित संग्रौला बिर्तामोड , झापा

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय