• २०८१ बैशाख १५ शनिबार

सात प्रदेशका छ सय ७७ स्थानीय तहमा बैंकहरु पुगे  (कुनमा कति ? संख्यासहित)

kharibot

काठमाडौैं । सातवटा प्रदेशका छ सय ७७ स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा पुुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक पहिलो त्रैमासिक अवधिसम्ममा कुुल सात सय ५३ स्थानीय तहमध्ये छ सय ७७ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको हो ।

सोमध्ये प्रदेश नम्बर १ मा एक सय ३७ स्थानीय तह रहेकोमा एक सय १९ स्थानीयत तहमा बैंकहरुको शाखा पुुगेको छ । प्रदेश नम्बर २ मा पनि एक सय ३६ स्थानीय तह रहेकोमा एक सय ३१ तहमा बैंकको शाखा पुुगेको छ । यसैगरी प्रदेश नम्बर ३ मा पनि एक सय १९ स्थानीय तह रहेकोमा एक सय ११ तहमा बैंकहरुको शाखा पुुगेको छ । प्रदेश नम्बर ४ अर्थात् गण्डकी प्रदेशमा ८५ स्थानीय तह रहेकोमा ८२ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ ।

राष्ट्र बैंकका अनुसार प्रदेश नम्बर ५ मा पनि एक सय नौ स्थानीय तह रहेकोमा एक सय सातमा बैंकरुको शाखा पुुगेको छ । प्रदेश नम्बर ६ अर्थात कर्णाली प्रदेशमा पनि ७९ स्थानीय तह रहेकोमा ६२ तहमा बैंकहरुको शाखा पुुगेको छ । प्रदेश नम्बर सात अर्थात् सुुदूर पश्चिम प्रदेशमा भने ८८ स्थानीय तह रहेकोमा ६५ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । 

यसैगरी राष्ट्र बैैंकले बैंक तथा फाइनान्स कम्पनीहरु गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गरेपश्चात्  २०७५ असोज मसान्तसम्म एक सय ६४ वटा बैंक तथा फाइनान्स कम्पनीहरु मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएको जानकारी दिएको छ । यसरी सामेल हुुँदा एक सय २२ वटा बैंक तथा फाइनान्स कम्पनीहरुको अनुुमति खारेज भई ४२ वटाम सीमित रहेका छन् ।

सोही आधारमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल संख्या एक सय ५४ वटामा सीमित रहेको छ । राष्ट्र बैंकका अनुसार २०७५ असार मसान्तमा बैंक तथा फाइनान्स कम्पनीहरुको संख्या एक सय ५१ वटा रहेको थियो ।

चालू आवको पहिलो त्रैमासिक अवधिसम्ममा २८ वटा वाणिज्य बैंक, ३३ वटा विकास बैंक, २४ वटा फाइनान्स कम्पनी र ६६ वटा लघुवित्त संंस्थाहरु सञ्चालनमा रहेका छन् । बैंक तथा फाइनान्स कम्पनीहरुको शाखा सञ्जाल २०७५ असार मसान्तमा छ हजार छ सय ५१ रहेकोमा २०७५ असोज मसान्तमा सात हजार १४ पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै