• २०८१ बैशाख १५ शनिबार

सेयर बजारमा ‘करेक्सन’, कमाउने र गुमाउने समूह बराबर 

kharibot

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्सेमा सामान्य करेक्सन देखिएको छ ।  

आज मंगलबार नेप्से एक दशमलव ६१ अंकले बढेर ११ सय ६१ दशमलव ४३ विन्दुमा चढ्दा सेन्सिटिभ शून्य दशमलव ३४ अंकले बढेर दुई सय ४६ दमसलव ९६ विन्दुमा चढेको छ ।

एक सय ५४ कम्पनीहरुको तीन हजार पाँच सय ७७ वटा कारोबारमा सात लाख ८८ हजार एक सय ६९ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम २३ करोड १६ लाख ८२ हजार नौ सय ६१ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १० वटा समूहको कारोबार भएकोमा कमाउने र गुमाउने समूह बराबर देखिएका छन् । कमाउने समूहमा परेको वाणिज्य बैंक समूहको सूचक दुई दशमलव २२ अंकले बढेर एक हजार २० दशमलव २२ विन्दुमा चढ्दा १२ करोड २० लाख ३८ हजार रुपैयाँको सेयर खरिद  बिक्री भएको छ ।

बिकास बंैंक समूहको सूचक पनि तीन दशमलव ८६ अंकले बढेर १४ सय ५७ दशमलव तीन विन्दुमा चढ्दा पाँच करोड पाँच लाख ९३ हजार नौ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यसैगरी जलबिद्युत, होटल र अन्य समूहको कारोबार सूचक पनि आज बढेका छन् । गुमाउने समूहमा परेको निर्जिवन बीमा समूहको सूचक भने २७ दशमलव ९३ अंकले घटेर पाँच हजार दुई सय ७० दशमलव ८३ विन्दुमा झर्दा तीन करोड १५ लाख ८५ हजार दुई सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी लघुुबित्त, जीवन बीमा, फाईनान्स र उत्पादनमुलक समूहको सूचकमा पनि गिरावट आएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको सुर्योदय लघुबित्त संस्थाको प्रतिकित्ता सेयर मुल्य आठ रुपैयाँ ३७ पैसाले बढेर १५ सय ४० रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको एनएलजी इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य तीन रुपैयाँ ९२ पैसाले घटेर आठ सय ३३ रुपैयाँमा कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको एनएमबी बैंकको प्रतिकित्ता तीन सय ५८ रुपैयाँ अन्तिम मुल्यमा एक करोड ९४ हजार ३५ हजार पाँच रुपैयाँको सेयर कारोबार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै