• २०८१ बैशाख १४ शुक्रबार

‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ घोषणा

kharibot

काठमाडौं । सडक दुर्घटनामा दिवंगत पत्रकार विजयबाबु खत्रीको स्मृतिमा ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ घोषणा भएको छ ।

विजयबाबुको सातौं स्मृति दिवसमा नेपाल समाचार केन्द्रकी अध्यक्ष लक्ष्मी श्रेष्ठले ३४ हजार रुपैयाँ राशिको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ घोषणा गरेकी हुन् ।

पुरस्कारका लागि श्रेष्ठले ३ लाख ५० हजार रुपैयाँको कोष स्थापना गरेकी छन् । कोषको संरक्षक नेपाल समाचार केन्द्र रहेछ । कोषमा रहेको रकमको ब्याजबाट बर्सेनि पत्रकारिता पुरस्कार प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । 

‘विजयबाबुको निधन हुँदा उहाँ ३४ वर्षको हुनुहुन्थ्यो, त्यसैले पुरस्कारको राशि पनि ३४ हजार रुपैयाँ तोकिएको हो,’ विजयबाबुकी श्रीमती श्रेष्ठले भनिन्, ‘अक्षयकोषको रकम र पुरस्कारको राशि बर्सेनि बढाउँदै लगिनेछ ।’ 

२०७६ साल मंसिर १२ गतेबाट हरेक वर्ष एकजना पत्रकारलाई यो पुरस्कार प्रदान गरिनेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै