• २०८१ बैशाख २५ मंगलबार

जनकपुर उपमहानगरपालिकामा राजपा कांग्रेसभन्दा दोब्बर मतले अगाडी 

kharibot

जनकपुर । जनकपुर उपमहानगरपालिकामा राजपाले आफ्नो अग्रता कायमै राखेको छ । 

बुधबार बिहानको पछिल्लो मत परिणाम अनुसार राजपा कांग्रेसभन्दा दोब्बर भन्दा बढीले अघि रहेको छ ।

राजपाका मेयर पदका उम्मेदवार लालकिशोर शाहले १५५१ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउदै कांग्रेसका मनोज साहले ७०४ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार लक्ष्मीनारायण भगतले १५० मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा पनि राजपाले अग्रता हासिल गरेको छ । उपमेयर पदमा राजपाकी रिता झाले १०७१ मत ल्याएर अगाडी रहेकी छन भने उनलाई कांग्रेसकी लिलम कर्णले ५१५ मत ल्याएर पछ्याइरहेकी छन् । एमालेकी पुनम मिश्राले ५९ मत ल्याएकी छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै