आँसु त्यसै झर्दैन (कविता)

खरीबोट

आमाको कोखबाट पृथ्वीकाे पहिलाे दर्शनमै
मैले मेरी अामालाई पाएँ,
सबैभन्दा पहिले बेस्सरी राएँ
मानाैँ मेरा बाबुलाई अत्याएँ
तर जाे जाे मेरै प्रतिक्षामा थिए
सबैलाई अट्टाहास हसाएँ !

गर्भिणी हुँदाकै बखत सिकेकाे हुनुपर्छ
मैले अाफु राेएर अरु हँसाउन
त्यहीबेला सिकेकाे हुनुपर्छ पिँडामा अाँसु बगाउन ..!

जब म भाेकले चिच्याउँथेँ 
जीवन फुल्ने गमलारुपि काेक्रामा
तब मेरी अामा 
बारीकाे डिलमा राेप्नुहुन्थ्याे - मेराे जीवन !

म चिच्याएकाे सुन्दा मेलामा गएकी मेरी अामा
हतार-हतार अाएर मलाई
काखमा लिँदै भन्नुहुन्थ्याे; 
लाै बाबू ... बुबु खाऊ ....!

जब मेरा अाेठले अामाकाे स्तनमा स्पर्श दिन्थ्याे
म फेरि रुन्थेँ विगतकाे अाफू सम्झेर
हाे, त्यहीबेला सिकेकाे हुनुपर्छ 
मैले हर्षमा अाँसु बगाउन !

अाँसु त्यसै झर्दैन .....!

कि चाहिन्छ थामीनसक्नु पीँडाकाे भार !
कि चाहिन्छ राेकिनसक्नु हर्षकाे भेल !
कि त चाहिन्छ अामाकाे पाेल्टाकाे स्वर्ग !
कि त चाहिन्छ बाबाकाे हिँमालझैँ काँध ! 

अाँसु त्यसै झर्दैन ...
अाँसु झर्नुकाे महत्त्व छ !

मैले अाँसुकाे अर्थ यति बुझेकाे छु
अाफू राेएर अरुलाई हँसाउनु,
नत्र किन सिकाइन्छ पैतालामा चिमाेटिचिमाेटि
भर्खर संसार देख्दै गरेकाे नवजात शिशुलाई रुन ?
मैले पनि सायद पृथ्वीकाे संघारमा उभिएर
पहिलाेपल्ट च्याँ ... च्याँ रुँदै
हँसाएकाे हुनुपर्छ ;- मेरा बाअामा, अाफन्तजन र प्रियदर्शीलाई  ! 

अाँसु त्यसै झर्दैन .....
कि त वेदनाकाे लात चाहिन्छ ! 
कि त खुसीकाे खात चाहिन्छ ! 
यस्ताे लाग्छ 'जीवन' भनेकै 'अाँसु' हाे,
अाँसुले नै फुलाउँछ पारिजातकाे फूल ! 
अाँसुले नै फुलाउँछ पलाँसकाे  फूल !
तर,
     - दुवैमा एउटा जीवन छ ! 
     - दुवैमा एउटा रहस्य छ ! 
अाँसु त्यसै झर्दैन ......
अाँसु झर्नुकाे महत्त्व छ !!

बि.एन. ढकाल
अरुण गा.पा.-५, भाेजपुर
हाल : काठमाडाैँ ।

सम्बन्धित समाचार

तगारो (कविता)

मालिक,म पशु हैन ! मलाई यसरी नलगाऊ तगारो मलाई स्वतन्त्रता छ प्यारो । तिम्रो त्यो धनको आडम्बर, तिम्रो त्यो औकात.... जब निदाउनेछ चितामाथी र बन्नेछ सिर्फ खरानी  तब म जस्ता लाखौँले सेलाउनेछन् तिम्रो अस्तु र भन्नेछन् यो

कविता कसरी बिग्रिन्छ ?

कविता कसरी कविता बन्छ, धेरैलाई थाहा छ । कसरी कविता बिग्रिन्छ, यसबारे थोरैले सोचेका हुन्छन् । के हुँदा कविता बिग्रिन्छ भन्ने हेक्का कविले राख्यो भने कविता दुर्घटित हुँदैन । थप

केआर पाण्डुलिपिका दुई कविता : सफर र एक अपूर्ण खोज 

सफर हेमन्तको शिरेटोले रेटिएर  शिशिरको कल्पनासम्म  गर्न नसक्ने गरी काँपिरहेको बेला सगरमाथाको सयरमा लैजान खोज्दै छ  मेरो सरकार ********** एकसरो कमिजको भरमा थाहा छ उसलाई मलाई मारेर  सम्मुन्नत झुन्डाउनु छ  पोलमा मेरो सपनाको सुटिकुटी सुकाइरहेको हुनेछ प्रिय घाम  एक अपूर्ण खोज म खोजिरहेछु  त्यो कालो निशामा रमाएको समय, जसले लुकाइदियो  यो घामसामु उजस्तै  उज्यालो इतिहास र

पवित्र क्रान्ति (कविता)

माईखोलाको किनारमा बसेर  शान्तिको गीत गाउँदैछु  एउटा नवीन क्रान्ति आवाज बोल्दैछु  यहाँनेर पवित्र क्रान्ति उद्घोष गर्दैछु  कयौंपटक शान्तिको लागि  परेवाहरु उडाईयो कतिपटक बलि चढाइयो तर मैले देखेको र  कल्पना गरेको मेरो शान्तिको देश  खोइ,  आज म यही खोलाको  किनारमा बसेर शान्तिको लागि  प्रार्थना


z