• २०८१ बैशाख १४ शुक्रबार

सेयरबजार १० अंकले बढ्यो, ट्रेडिङ र होटलबाहेकका समूहले कमाए

kharibot

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्सेमा दोहोरो अंकले वृद्धि देखिएको छ । नेप्से आज १० दशमलव २७ अंकले बढेर ११ सय ४२ दशमलव एक बिन्दुमा चढ्.दा सेन्सिटिभ पनि दुई दशमलव ६७ अंकले बढेर दुई सय ४२ दशमलव ९३ बिन्दुमा चढेको छ ।

एक सय ६१ कम्पनीहरुको चार हजार ९१ वटा कारोबारमा १२ लाख २२ हजार एक सय ४४ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम ३८ करोड २६ लाख ५९ हजार ६७ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १० वटा समुहको कारोबार भएकोमा टे«डिङ र होटल समुहको कारोबार सुचक सामान्य अंकले घटेपनि बाँकी समुहको सुचकहरु उच्च अंकले बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दशमलव २२ अंकले बढेर एक हजार दशमलव ७१ बिन्दुमा चढ्दा २७ करोड ८४ लाख २० हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

बिकास बैंक समृुहको सुचक पनि ३२ दशमलव दुई अंकले बढेर १४ सय ७० दशमलव १९ बिन्दुमा चढ्दा दुई करोड ६९ लाख ४९ हजार नौ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी निर्जिवन बीमा समुहको सुचक पनि १५ दशमलव ११ अंकले बढेर पाँच हजार ९९ दशमलव छ बिन्दुमा चढ्दा तीन करोड ६९ लाख ६० हजार दुई सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसबाहेक जलबिद्युत, लघुवित्त, जीवन बीमा, फाईनान्स र अन्य समुहको सुचकमा पनि सुधार आएको छ ।   

आज कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको लक्ष्मी लघुवित्त वित्तीय संस्थको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ ९७ पैसाले बढेर सात सय ६१ रुपैयाँमा कारोबार भएको छ भने गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको महिला सहयात्रा वित्तीय संस्थाको सेयर मूल्य नौ रुपैयाँ ९१ पैसाले घटेर पाँच सय ४५ रुपैयाँमा कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको  नेपाल बैंकको प्रतिकित्ता दुई सय ९५ रुपैयाँ अन्तिम मूल्यमा ११ करोड ४२ लाख ८८ हजार दुई सय ६१ रुपैयाँको कारोबार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै