न्यू क्यालेडोनियानजिकै ७.५ म्याग्नीच्यूडको भूकम्प

खरीबोट

न्यूजिल्याड । न्यू क्यालेडोनियानजिकै दक्षिण प्रशान्त महासागरमा बुधबार ७.५ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

सो भूकम्पपछि नजिकै रहेको द्वीपहरुमा सुनामीको चेतावनी दिइएको सम्बन्धित आधिकारीहरुले जानकारी दिएका छन् ।

प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रअनुसार न्यू क्यालेडोनिया र भानुआटुका केही तटीय इलाकामा १ देखि ३ मिटरसम्मका अग्ला छालहरु आउने अनुमान गरिएको छ । फिजीमा समेत तीन मिटरसम्मको सामुद्रिक छाल आउन सक्ने अनुमान गरिएको छ ।

सुनामी चेतावनी केन्द्रले हवाईमा भने सुनामीको सूचना जारी गरेको छैन । यस शक्तिशाली भूकम्पपछि पाँच पटकसम्म ५.६ र ६.० को परकम्पन आएका थिए ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)का अनुसार यस भूकम्पको केन्द्रविन्दु न्यू क्यालेडोनियाबाट १६८ किलोमिटर पूर्वी १० किलोमिटर गहिराईका रहेको छ । न्यू क्यालेडोनियामा बारम्बार भूकम्पको प्रकोपले सताउने देशहरुको सूचीमा पर्दछ ।

सम्बन्धित समाचार

भूकम्पले क्षतिग्रस्त जयवागेश्वरी भत्काउने प्रक्रिया शुरु

काठमाडौँ । भूकम्पले क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर पुनःनिर्माणका लागि जीर्ण भवन भत्काउने प्रक्रिया शुरु गरिएको छ । फागुन २ गते जीर्ण मन्दिर भत्काउन क्षमा पूजा गरियो

कीर्तिपुर केन्द्रबिन्दु भई ४ रेक्टरको परकम्प

काठमाडौँ । कीर्तिपुर आसपास केन्द्रबिन्दु भई चार रेक्टर स्केलको परकम्प भएको छ । आज साँझ ८ बजेर ३४ मिनेटको समयमा परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका

भूकम्पले चर्केको घर भत्किँदा वृद्धको मृत्यु

नुवाकोट । भूकम्पले चर्किएको घर भत्किएर एक वृद्धको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित आलडाँडामा गएराति घर भत्किएर ८५ वर्षीय कप्तान तामाङको मृत्यु भएको प्रहरी निरीक्षक सुदर्शन थापाले जानकारी

काठमाडौँमा भूकम्पको धक्का महसुस, थापाथली आसपास केन्द्र 

काठमाडौँ । काठमाडौँका केही भागमा मंगलबार बिहान भूकम्पको धक्का महसूस गरिएको छ ।   बिहान ११ बजेर २६ मिनेटमा ३ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो । काठमाडौँको थापाथली आसपास केन्द्र


z