• २०८१ बैशाख १४ शुक्रबार

सवारी दुर्घटनाको डरलाग्दो तथ्याङ्क ! 

kharibot

बारा। बारा जिल्ला लगायत प्रदेश नम्बर २ को छुट्टा–छुट्टै ८ वटा जिल्लामा डर लाग्दो सवारी दुर्घटना भएको देखिएको छ । प्रदेश नम्बर २ को प्रादेशिक ट्राफिक प्रहरी कार्यालय , पथलैया बाराका अनुसार पछिल्लो तीन वर्षको तथ्याड्कले दुर्घटनाको डर लाग्दो सवारी दुर्घटनाको तथ्याँक देखाएको हो । 

आर्थिक बर्ष ०७२-७३ मा प्रदेश नम्बर २ को छुट्टा–छुट्टै ८ वटा जिल्लामा ९ सय ८४ वटा भएको सवारी दुर्घटनामा परी ३ सय १४ जनाको मृत्यु भएको छ , भने ०७३-७४ मा १ हजार १ सय ९४ वटा सवारी दुर्घटनामा परी ४ सय ६ जनाले ज्यान गुमाएका छन् । 

यस्तै आर्थिक वर्ष ०७४÷०७५ मा एक हजार १ सय ५ वटा सवारी दुर्घटनामा परी ३ सय ९४ ले ज्यान गुमाउँन बाध्य भएका छन् । यो वर्षको कात्र्तिक मसान्त सम्मको तथ्यांड्ढ अनुसार ७ महिनामा ११०५ वटा दुर्घटनाबाट ३९४ ले ज्यान गुमाईसकेका छन् , जस मध्ये यस आर्थिक वर्षमा २ सय ८९ जना पुरुष, ५६ जना महिला र ४९ जना बालबालिकाहरुले अकाल मैं ज्यान गुमाएका हुन् ।

दुर्घटनामा बिशेषगरी पुरुष पर्ने गरेका छन् । भने पछिल्लो तीन वर्ष सहिँत कात्र्तिक मसान्त सम्ममा १ सय ५३ जना बालबालीका मात्रै अहिले सम्मको दुर्घटनाको शिकार भईसकेको प्रदेश नम्बर २ प्रादेशिक ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रमुख ट्राफिक  प्रहरी उपरिक्षक कीरण बज्राचार्जले बताएकी छन् । 

दुर्घटनामा धेरै जसो मोटरसाईकल पर्ने गरेका छन् , भने चार्ड वार्डमा बढी सवारी दुर्घटनाहरु हुँने गरेको तथ्याँकले देखाएको छ । प्रदेश २ को आठ जिल्लामा मात्रै गएको ४ महिना अर्थात् कात्र्तिक महिना सम्मको तथ्याड्ढ अनुसार दुई सय ५५ वटा सवारी दुर्घटनामा परी एक सय ३२ जनाले ज्यान गुमाएको पनि उनले बताईन् ।

दुर्घटनामा सवारी चाप र सडक मुख्य कारण 

प्रादेशिक ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरिक्षक किरण बज्राचार्यले यस क्षेत्रको जिर्ण सडक र अत्याधिक सवारी चापका कारण सवारी दुर्घटना बढीरहेको बताएकी छन् । 

उनका अनुसार चालक कै लापरवाहीका कारण बढी दुर्घटना हँुने गरेको छ , भने तिब्र गती , ओभरलोड , यान्त्रिक गडबढी , यात्रुको गल्ती लगायत सडकमा छाडिने छाडा चौपायाका कारण पनि दुर्घटनाको कारण बन्ने गरेको छ । 

उनले सरकारले सडक व्यवस्थापनमा ध्यान नदिई सवारी साधन निर्वाध खरिद बिक्रीले सवारी साधनको चाप सडकले धान्न नसक्ने अवस्थामा पुगेको बताए । अब स्थानीय सरकारले सवारी साधनलाई उचित व्यवस्थापनलाई मध्य नजर गरी दुर्घटना न्युनिकरणमा ध्यान दिनु पर्ने बज्राचार्यको धारणा छ । 

बढी दुर्घटना सिराहा र रौतहट जिल्लामा

प्रदेश २ कै ८ जिल्लाहरु मध्ये सिराहा र रौतहटमा बढी सवारी दुर्घटना हुँने गरेको कार्यालयको तथ्याँकले देखाएको छ । पछिल्लो ४ महिनामा सिराहामा ४९ वटा सवारी दुर्घटनाबाट २३ जनाले ज्यान गुमाईसकेका छन् । 

त्यसैगरी ४ महिना भित्र रौतहटमा भएका ४५ वटा दुर्घटनाबाट १९ जनाको ज्यान गएको छ । जस मध्ये पुरुषको संख्या १६ , १ महिला र २ जना बालबालीका छन् । तथ्याँकले सिराहा र रौतहट जिल्लामा बढी मोटरसाईकल दुर्घटना हुँने गरेको देखाएको छ ।

“नों एक्सिडेन्ट–नों ड्यामेज”

यसैबिच सवारी दुर्घटना न्यूनिकरणका लागि प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ पथलैया बाराले सुरक्षित यात्राको लागि चालक , यात्रु र सवारी साधनको यान्त्रिक अवस्थाको निरिक्षण तथा सचेतना कार्यक्रम समेत सञ्चालनमा ल्याएको छ । 

यस प्रदेशमा बढ्दै गएको सवारी दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्य सहिँत ट्राफिक प्रहरी र अटोमोबाईल्स् मेकानिकल्स्हरु सहिँतको संयुक्त टोलीले यो अभियान सञ्चालनमा ल्याएको हो । 

“नों एक्सिडेन्ट–नों ड्यामेज” भन्ने नाराका साथ सञ्चालित यस अभियानको मुख्य उद्देश्य सवारी चालक , यात्री , अन्य सडक प्रयोग कर्ताहरुमा पर्याप्त सुरक्षित सडक प्रयोग सम्बन्धि सचेतना फैलाउँनु रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ पथलैया बाराका ट्राफिक प्रहरी उपरिक्षक किरण बज्रचार्यले बताइन् । 

ओभर स्पिड , क्षमता भन्दा बढि सवारी साधन राख्नु , सवारीलाई सहि तरिकाले मर्मत नगर्नु लगायतका कारण सवारी दुर्घटना हुँने गरेको बताउँदै ट्राफिक प्रहरी उपरिक्षक बज्रचार्यले सँधै ट्राफिक प्रहरीले जरीवाना गर्ने काम गर्दै आएको तर , यस अभियान अन्तरर्गत सवारी चालक र यात्रीहरुलाई सहि तरिकाले यात्रा गर्ने तरिका जानकारी गराउँने काम प्रहरीले गरेको बताए । 

उनले यस अभियानलाई प्रदेश नम्बर २ का हरेक जिल्लामा हरेक १५ दिनको फरकमा गलत गतिबिधि नियन्त्रण गर्ने गरी सञ्चालन गर्ने जानकारी दिईन् ।

अभियानका क्रममा तराईबाट देशको राजधानी लगायत पहाडी भुभागमा सवारी लिएर जाने ५० प्रतिशत सवारी साधनको टायरको अवस्था विग्रेको, बत्ति तथा साईड बत्ति नबल्ने, टायरमा अधिक हावा भएर पडकिने सम्भावना भएको पाईएको छ । 

सचेतना कार्यक्रममा तराईका विभिन्न स्थानबाट देशको राजधानी सहिँत अन्य स्थानमा रात्रीको समयमा जाने सजारी साधनमा ट्राफिक प्रहरीले देखिएका समस्यालाई तत्काल सुधार गर्न लगाउँने र यात्रीहरुलाई समेत यात्रा गर्ने क्रममा ध्यान दिनु पर्ने कुरा जानकारी गराउँदै आएका छन् । 

सचेतना मुलक अभियानको क्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ पथलैया बाराले अनुरोध सहिँतको पर्चा पम्पलेट समेत वितरण गर्दै आएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै