काठमाडौं / चलचित्र गरुढ पुरण युनिटले पछिल्लो समय लोकप्रिय भैरहेको गीत 'म त पिरिम मा' को कभर भिडियो प्रतियोगिताको घोषणा गरेको छ ।
मदानी क्रीएसनको सहकार्यमा गरिएको प्रतियोगिताको उत्कृष्ट नृत्यले नगद ५० हजार जित्नुका साथै एउटा म्युजिक भिडियो र नृत्य समुहका सदस्यहरुको फोटो सेसनको अवसर लगायतका पुरस्कार पाउने चलचित्रका निर्देशक सुवास कोइरालाले बताए ।
प्रतियोगितामा भाग लिन एकल वा युगल वा सामुहिक रुपमा कभर भिडियो बनाएर [email protected] मा पठाउनुपर्ने छ । उपलब्ध भिडियोहरु मदानी क्रीएसनको युटुब च्यानलमा अपलोड गरिने क्रीएसनका सिइओ बिष्णुकान्त घिमिरेले बताए ।
दिनेस राउतको शब्द रहेको गीत 'म त पितिममा' मा कोसिस क्षेत्री र मनिशा पोख्रेलको स्वर रहेको छ भने रेनशा बान्तवा राइले कोरियोग्राफी गरेकी छिन । गीतमा उदयराज पौडेलको एरेन्ज र कोसिस क्षेत्रीको सङ्गीत रहेको गीतमा निश्चल बस्नेत, कर्म शाक्य, प्रियङ्का सिंह र अन्जली योन्जनको दमदार नृत्य देख्न सकिन्छ ।
चलचित्र माघ ४ गते देशब्यापी प्रदर्शनमा आउनेछ ।