सिरहामा छडकेमा गएका  विद्युत्का कर्मचारीमाथि कुटपिट

खरीबोट

सिरहा । हुकिङ गरी विद्युत् चुहावट नियन्त्रण गर्न छडकेमा सिरहा नगरपालिका–१३ स्थित गम्हरीया फूलबरीया पुगेको विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाका दुई कर्मचारीमाथि स्थानीयवासीले कुटपिट गरेका छन् ।

विद्युत् चोरी नियन्त्रण गर्न गए राति पुगेको टोलीलाई हेर्ने बित्तिकै भेला भएका स्थानीवासीले विद्युत् प्राधिकरणका सिनियर मिटर रिडर कामेश्वर कुसियैत र सहायक अरुण यादवमाथि कुटपिट गरेका हुन् ।

फूलबरीया गमहरियाको एक घरमा मिटर वाइपास गरी पहिले चुहावट गरिरहेको सूचनाको आधारमा छड्केमा पुगेको विद्युत् कर्मचारीमाथि कुटपिट गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाका प्रमुख अवधेशकुमार दुवेले जानकारी दिए । स्थानीयवासी पवितर यादव, घुरन यादव, श्याम ठाकुरलगायतको समूहले कुटपिट गरेको घाइते कर्मचारीले बताएका छन् । घाइते अरुणलाई सिरहा अस्पतालमा उपचारपछि घर फर्काइएको छ । सिनियर मिटर रिडर कुसियैतको विराटनगरस्थित न्यूरो हस्पिटलमा उपचार भइरहेको नेपाल विद्युत् प्राधिकरण सिरहा वितरण केन्द्रका प्रमुख दुवेले जानकारी दिए । कुटपिट गर्नेविरुद्ध मुद्दा चलाउने तयारी गरिएको छ ।

सात लाख लुटियो

अज्ञात समूहले सिरहाको धनगढीमाई नगरपालिका–१० स्थित उग्रचण्डी पेट्रोलपम्प नजिकै एक जनामाथि लुटपाट गरेका छन् । गोलबजारस्थित ज्योति विकास बैंकबाट रकम झिकेर बा ५५ प ४३५५ नम्बरको मोटरसाइकल चढेर आइरहेका धनगढीमाई नगरपालिका–१० निवासी २३ वर्षीय चितकुमार कामैतसँग रहेको नगद रु सात लाख लुटिएको हो ।

गोलबजारबाट लहानतर्फ आउने क्रममा अनटेस्ट लेखेको रातो रङको अपाची मोटरसाइकलमा आएका अपरचित दुई व्यक्तिले झोलामा रहेको उक्त नगद लुटेर फरार भएको प्रहरीले जनाएको छ । लुटपाट गर्नेको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सम्बन्धित समाचार

सिरहामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिकास्थित सडकमा गए राति सिटी सफारीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स९प ९६३६

सिरहामा जङ्गली आक्रमणमा परी एक वृद्धाको मृत्यु

सिरहा । जङ्गली हात्तीको आक्रमणबाट सिरहाको गोलबजार नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ । चुरे जङ्गलबाट आएको हात्तीले गए राति किच्दा गोलबजार नगरपालिका–१० धर्मपुर गैरीटोलकी ७० वर्षीया वुद्धमाया मगरको मृत्यु भएको

सिरहामा आठ ठेकेदारमाथि कारवाही

सिरहा । सडक डिभिजन कार्यालय लहान सिरहाले सडक तथा पुल निर्माणको काम समयमा पूरा नगर्ने निर्माण कम्पनीमाथि कारवाही गरेको छ । सिरहासहित सप्तरी र उदयपुर जिल्लामा निर्माणाधीन सडक तथा पुल

लागुऔषधसहित दुई युवक पक्राउ

प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा लागुऔषधसहित सिरहाको धनगढीमाई नगरपालिका–११ निवासी १८ वर्षीय राकेश मण्डललाई पक्राउ गरेको


z