इपिएलको ट्रफी सार्वजनिक 

खरीबोट

काठमाडौँ। यही मङ्सिर २२ गते शनिबारदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ। आज आयोजित कार्यक्रममा एपिएलका ६ टिमका कप्तान र टिम मालिकको उपस्थितिमा यस बर्षको इपिएलको ट्रफी सार्वजनिक गरिएको हो। 

ट्रफी सार्वजनिक कार्यक्रममा ६ टिमका कप्तानहरु विराटनगर वारियर्सका कप्तान पारस खड्का, काठमाडौँ किंग्सका कप्तान सोमपाल कामी, ललितपुर प्याट्रीयट्सका कप्तान ज्ञान्नेद्र मल्ल, चितवन टाइगर्सका कप्तान पृथु बास्कोटा, भैरहवा ग्लाडिएटर्सका कप्तान शरद भेस्वाकर र पोखरा राइनोजका कप्तान कीले कोत्जर उपस्थित थिए। 

विराटनगरका कप्तान पारस खड्काले इपिएल गतबर्ष भन्दा ठुलो भएको र विश्वका प्रतिष्ठित खेलाडी यस बर्ष खेल्न आएकाले यसले नेपाली क्रिकेटलाई ठुलो मद्धत पुग्ने बताए। पारसले आफुहरुको टिम यस पटक पनि राम्रो रहेको जानकारी गराउदै दोस्रो पटक उपाधि जित्ने प्रयास गरे। त्यस्तै पोखराका कप्तान स्कल्याण्डका खेलाडी कोत्जरले आफु नेपाली खेलाडीहरुसंग परिचित हुदै गएको बताउदै नेपालमा क्रिकेटको क्रेज देखेर आफुलाई खुशी लागेको बताए।   

कार्यक्रममा सबै कप्तानले शनिबारदेखि हुने प्रतियोगिताका लागि आफुहरु तयार रहेको भन्दै प्रतियोगितामा आफुले राम्रो प्रदर्शन गर्ने दाबि गरेका छन्। 

आगामी शनिबार देखि हुने प्रतियोगितालाई आइसीसीले मान्याता दिएको छ भने क्रितिपुरस्थित मैदानमा विभिन्न खानाका स्टल, विभिन्न गेमका स्टल सहित मनोरंजनका लागि पूर्ण रुपमा तयार गरेको आयोजकले जानकारी दिएका छन्। 

सम्बन्धित समाचार

आइपिएलको खेल तालिका सार्वजनिक, सन्दीपको टिम दिल्लीले पहिलो खेल मुम्बईसँग खेल्ने 

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) को १२औ संस्करणको पहिलो दुई साताको खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले भारतमा यस बर्ष हुने आम निर्वाचनका कारण पहिलो

चुनावका बावजुत आइपिएल भारतमा नै हुने 

काठमाडौं । बहुचर्चित इन्डियन प्रिमियर लिग (आइपिएल) को १२औ संस्करण भारतमै हुने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले मंगलबार जारकारी दिदै आइपिएलको १२औ संस्करण भारतमै हुने जानकारी दिएको हो

भैरहवालाई पराजित गर्दै इपिएलको उपाधि ललितपुरले जित्यो 

काठमाडौँ। एभरेष्ट प्रिमियर लिग (इपिएल) को फाइनल खेलमा ललितपुर प्याट्रीयटसले भैरहवा ग्लाडियटर्सलाई १४ रनले पराजित गर्दै इपिएलको उपाधि जितेको छ। ललितपुरले दिएको १५६ रनको लक्ष्य पछाएको भैरहवाले २० ओभरमा ९

इपिएलमा विदेशी खेलाडीको दबदबा, कसले कस्तो प्रदर्शन गरे ?

काठमाडौँ। गत डिसेम्बर ८ देखि सुरु भएको एभरेष्ट प्रिमियर लिग सकिएको छ। इपिएलको नयाँ च्याम्पियन ललितपुर प्याट्रीयटस बनेको छ। गत बर्षको च्याम्पियन विराटनगर वारियार्स प्लेअफमा पुग्न नसकी बाहिरएपछि इपिएलको नयाँ च्याम्पियन ललितपुर प्याट्रीयटस बनेको


z