• २०८१ बैशाख २९ शनिबार

सातामा दुई अर्ब २२ करोड रुपैयाँको सेयर खरिद बिक्री

kharibot

काठमाडौं । यो साता नेप्से परिसूचक ११ दशमलव २० दशमलव ८४ विन्दुमा आएर रोकिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यो साता दुई सय ३८ दशमलव ३३ विन्दुमा आएर अडिएको छ । 

साताको सुरुवाती कारोबार दिन नेप्से परिसूचक ११ दशमलव ३० दसमनलव ६३ विन्दुमा कायम रहेको थियो भने सेन्सिटिभ दुई सय ४० दशमलव २६ विन्दुमा रहेको थियो ।

यो साता नेपाल स्टक एक्सचेन्ज लिमिटेडको नियमित कारोबार कक्ष साताको पाँच दिन नै खुल्ला रहेको थियो । जसमध्ये साताको पहिलो, तेस्रो दिन सेयर बजार उच्च अंकले घटेका थिए भने दोस्रो, तेस्रो र पाँचौं दिन सेयर बजारमा सुधार आएको थियो ।

सोही आधारमा यो साता कुल एक सय ५९ कम्पनीहरुको २२ हजार सात सय ९२ वटा कारोबारमा सात करोड ३४ लाख ६२ हजार नौ कित्ता सेयर खरिद बिक्री हुंंदा कारोबार रकम दुई अर्ब २२ करोड ३५ लाख २८ हजार दुई सय २५ रुपैयाँ पुगेको छ ।

यो साता पनि नेपाल बैंक, प्रभु बैंक, एनआईसी एशिया बैंक सेयर कारोबार रकम एव कारोबार भएको सेयर संख्या समेतको आधारमा अगाडि देखिएकाछन ।

बजार पुंंजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि देखिएकाछन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय