• २०८१ बैशाख १४ शुक्रबार

तीन पटकभन्दा बढी पटक संसद हुन नपाउने विधान बनाउनुपर्छ : किशोर सिंह राठोर

kharibot

काठमाडौं। नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टिका केन्द्रीय सदस्य किशोर सिंह राठोरले पार्टी बलियो बनाउने हो भने नेताहरूले त्याग गर्न सक्नुपर्ने बताएका छन् ।

शुक्रबारको बैठकमा बोल्दै नेता राठोरले पटक पटक समानुपातिक र आरक्षणको सुबिधा आफु मात्र उपभोग गर्ने ? राजनीति जनताको बिकाश र समृद्धिका लागी गरेको हो की आफु पदमा बसिरहनका लागि भन्ने  प्रश्न गरेका थिए ? पटक पटक एकै ब्यक्ति माननीय र मन्त्री बनी रहने पदलोलुप प्रबृति प्रति प्रहार गर्दै केन्द्रिय सदस्य राठोरले भने, ‘राजनीति देश र जनताको लागी गरेको हो भने कुनै पनि ब्यक्ति तिन पटक भन्दा बढी माननीय हुन नपाउने , केन्द्रीय सदस्य हुन नपाउने र एक पटक भन्दा बढ़ी समानुपातिक र आरक्षणको सुबिधा लिन नपाउने बिधान बनाउनु पर्छ।'  

बिशेष परिस्थितिमा ३ पटक बढ़ी चुनाव लड़नु पर्ने भएमा कारण खुलाई क्षेत्र परिवर्तन गरेर लडन सक्ने व्यवस्था गर्नुपर्नेमा नेता राठोरले जोड दिए । निर्बाचनमा पार्टी पराजयको कारण नेतृत्वको आलोचना गर्दै पार्टी भित्र ७० बर्ष उमेर लगाउनु पर्ने भन्ने अभियान चलाउनेहरू प्रति संकेत गर्दै उहाँले - को हो ? कसको नेतृत्वमा जादा कांग्रेसले चुनाव जित्छ  ? को हुनुहून्छ मेरो नेतृत्वमा जादा म कांग्रेसलाई जिताउछु भन्न सक्ने ? ल आऊनुहोस छलफल गरौ, अझ अगाडि मीडियामा चर्चामा आऊन चाहने युवानेताहरू प्रति संकेत गर्दै नेता राठोरले बाहिर बाहिर पार्टी सुधार्छौ भन्ने केन्द्रीय समिति बैठकमा बोल्न नसक्ने,नीति र विधान बनाउने बैठकमा अनुपस्थित हुने अनि कसरी हुन्छ पार्टी सुधार ? भन्दै प्रश्न गरेका थिए।  

उनले पार्टी भित्र अनुशासन हुनु पर्यो, जनताको पक्षमा सबै मिलेर  काम गर्ने बाताबरण हुनु पर्ने धारणा राखेका थिए । 

शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरू गोपालमान श्रेस्ठ, प्रकाशमान सिंह, दीपक गिरी, मोहन बस्नेत लगायतले आफ्नो धारणा राखेका थिए। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै