• २०८१ बैशाख १४ शुक्रबार

राप्रपा जनताको घर दैलोमा जान्छ -  प्रवास विभाग प्रमुख खडका

kharibot

दाेलखा। राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा प्रवास विभाग प्रमुख विजय खडकाले राप्रपाले सनातन मूल्य मान्यता सहित सर्वधर्म समभावकाे हिन्दुराष्ट्र,सवैलाई मान्य हुने राजसंस्थाकाे स्थापना र वर्तमान अराजकता,वेथितिविरूद्ध आम्दोलनकाे भिषण आधिबेहरी श्रृजना गर्ने बताएका छन् । 

राप्रपा दाेलखा जिल्ला कार्यसमिति वैठकमा नव नियुक्त क्षेत्रिय अध्यक्षहरू,भातृ संगठनका अध्यक्षहरू तथा सल्लाहकारहरूलाई प्रमाणपत्र वितरण गर्दै उनले अब सनातन मूल्य मान्यता सहित सर्वधर्म समभावकाे हिन्दुराष्ट्र,सवैलाई मान्य हुने राजसंस्थाकाे स्थापना र वर्तमान अराजकता,वेथितिविरूद्ध राप्रपा अब जनताकाे घर दैलाेमा पुग्ने बताए । 

सबै कार्यकर्तालाई संगठित भई अघि बढन निर्देशन दिँदै सवै भातृ संगठन,गाउँ ,नगर,वडा कमिटि गठन गर्न निर्देशन पनि दिए। 

उक्त अवसरमा प्रदेश नं ३ का सदस्य राजन शिवाकोटी,पार्टी सचिव भाष्कर पाण्डे,सह सचिव दिपराज भुजेल,राप्रपा दाेलखा क्षेत्रनं १ काे अध्यक्ष किरण खडका,क्षेत्रनं २ काे अध्यक्ष सुश्री देवकी वुढाथाेकि,पुर्व प्रहरी प्रमुख बद्रि केसी, उत्पिडित दलित उत्थान समिति अध्यक्ष सुश्री संगिता मुग्राति,लगायतले धारणा राखेका थिए,कार्यक्रम जिल्ला अध्यक्ष नवराज श्रेष्ठकाे अध्यक्षतामा भएकाे थियाे।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै