• २०८१ बैशाख १५ शनिबार

काठमाडौँमा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१७ स्थित ढल्कुमा टिपरको ठक्करबाट आज बिहान एक जनाको मृत्यु भएको छ ।

डल्लुबाट सोह्रखुट्टेतर्फ आउँदै गरेको बा ३ ख ४२२० नम्बरको फोहरमैला बोक्ने टिपरले विपरीत दिशाबाट जाँदै गरेको बा ५१ प ६८६७ नम्बरको मोटरसाइकललाई बिहान १०ः५५ बजे ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा महानगरपालिका–१७ धोबीचौरका ३० वर्षीय अनिल गुरुङको मृत्यु भएको महानगररीय ट्राफिक प्रहरी महाशाखाका उपरीक्षक जयराज सापकोटाले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन अस्पताल ठमेलमा उपचारका क्रममा ११:१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपरसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै